दाङ क्षेत्र नं ३`एक´ प्रदेश सभाका उम्मेद्वार जगप्रसाद शर्मा `अपार´ले जनतासँग आफ्नो सम्बन्ध धनको नभइ मनको सम्बन्ध भएको बताउनु भएको छ।
मंगलवार तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै शर्माले प्रतिद्वन्द्वीलाई व्यङ्ग्य गर्दै अरु कसैको जनतासँग सम्बन्ध धनको मात्रै बताउनु भएको छ।
चुनावमा मीठो कुरा मात्र गर्ने र चुनावको मुखमा आर्थिक चलखेल गर्नेहरु जनताको पक्षमा काम गर्न सक्दैनन भन्दै चौधरी विरोध गर्नु भयो। चुनावी सभामा वहाँले सुकुम्बासीहरुको लालपुर्जाको समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार शर्मा पार्टी भित्र अत्यन्त त्यागी नेताको रूपमा परिचित छन्।जनयुद्धमा एउटा आँखा गुमाएका शर्मा इमानदार नेता शर्मा प्रति जनताको आकर्षण बढ्दै गएको छ।