डिल्लीजी जन्मले चौधरी म कर्मले चौधरी´- अपार

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ५, २०७४       | 252 Views   ||

तुल्सीपुर, मंसिर ५ । चौधरीहरुको उल्लेख्य जनसंख्या भएको दाङ क्षेत्र नं ३ बाट प्रदेश सभाका उम्मेदवार भएका जगप्रसाद शर्मा `अपार´ले आफू कर्मले चौधरी भएको बताएका छन् ।

तुल्सीपुर उपमहानगरपालिका वडा नं ७ मा आयोजित एक कार्यक्रममा उनले प्रतिस्पर्धी डिल्ली चौधरीलाई जन्मले मात्र चौधरी भएको भन्दै मतदातालाई थरको आधारमा मात्र भोट नहाल्न समेत आह्वान गरेका छन् ।

उनले दाङका हरेक समुदायहरुको बीचमा भावनात्मक एकता कायम गर्नको लागि बामपन्थीको विजय आवश्यक भएको बताए ।

`मैले चौधरीहरुले भोगेको हरेक दु:ख, सुख आफै भोगेको र महसुस गरेको छु, त्यसैले वास्तविक चौधरी त म हूँ´ भावुक हुँदै उनले बताए ।

जनयुद्धकालमा एउटा आँखा गुमाएका शर्मा विवादित श्रम तता रोजगार राज्यमन्त्री डिल्ली चौधरीसँग प्रतिस्पर्धा गर्दैछन् । सादा जीवन र उच्च विचार राख्ने शर्मा वैचारिक नेताको रूपमा परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *