पुनम भन्छिन्– ‘संविधान कार्यान्वयनका लागि काम गर्छु’

  
  प्रकाशित मितिः बुधबार, मंसिर ६, २०७४       | 152 Views   ||

पुनम सेर्पाली ज्योति माओवादीको प्रदेश सभातर्फको समानुपातिक उम्मेदवार हुन् । एक सामान्य दलित परिवारमा जन्मेर सिङ्गो वर्गीय आन्दोलनमा होमिएकी सेर्पाइलीको नाम महिला र दलित आन्दोलनसँग जोडिन्छ ।

दाङको बबई गाउँपालिका– ५ जलुकेमा आमा रोमादेवी र वुवा धनबहादुर विकको कान्छी छोरीको रुपमा पुनमको जन्म भएको हो । सामान्य लेखपढ मात्र गरेकी पुनमले सानैदेखि राजनीति जीवन रोजिन र उनी जनयुद्धमा होमिइन् ।

गाउँमा दलित माथि हुने विभेद र छुवाछुतको अन्त्यका लागि उनी संर्घष गदै अगाडि बढिन् । जनयुद्धको समयदेखि नै असहाय, गरिब, विपन्न समुदायको अधिकारका लागि उनी अनवरत रुपमा लड्दै आइरहेकी छिन् । उनले नेपाल मात्र नभई भारतमा समेत पुगेर नेपालीहरुलाई संगठित गर्ने भूमिका निर्वाह गरेकी छिन् ।

२०५४ सालमा भारतीय नेपाली महिला संगठनको अध्यक्षका रुपमा काम गरेकी पुनमले पुनमले २०५२ मा जनयुद्ध शुरु भएसंगै जनकलाकार महिला मोर्चामा सक्रिय हुँदै अगाडि बढेकी थिइन् । त्यसपछि २०५५ सालमा नेकपा माओवादीको जिल्ला सदस्यको रुपमा रही राजनीति यात्रालाई थप बलियो बनाउँदै जनतालाई संगठनमा आबद्ध गर्ने सांगठनिक भूमिकामा उनी रहिन् । चुनवाङ बैठकसम्म राज्य समिति सदस्य रहेकी पुनम २०६३ मा तत्कालीन नेकपा माओवादी दाङको जिल्ला सचिवालय सदस्यको भुमिकामा रहिन ।

२०६४ देखि २०६६ सम्म दाङको तत्कालीन पुरन्धारा र पञ्चकुले गाविसको एरिया सह–इन्चार्ज र इन्चार्जका रुपमा उनले काम गरिन् । २०६५ मा थारुवान राज्य समिति सदस्य हुँदै २०६९ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलन आयोजक समिति संयोजक र अध्यक्षको भूमिकामा उनी रहिन् ।

पार्टीले सेर्पाइलीलाई ०७० मा एकीकृत नेकपा माओवादी दाङको जिल्ला सहसचिवको जिम्मेवारी दिएको थियो । २०७४ मा नेकपा माओवादी केन्द्रको सहसंयोजक, अखिल नेपाल महिला संघ क्रान्तिकारीको ५ नं. प्रदेशको उपाध्यक्ष केन्द्रिय सचिवालय सदस्य र दाङको जिल्ला ईन्चार्जको भुमिकामा रहनु भएको छ ।

अहिले माओवादी केन्द्रले प्रदेश ५ को तर्फबाट उनीलाई समानुपातिक उम्मेदवारका रुपमा चुनावमा उठाएको छ र यतिबेला उनी जनताको घरदैलोमा आफनो पार्टीलाई भोट माग्दै छिन् । हिजोको जनयुद्धले गरिव असहाय, विपन्न समुदायको अधिकार संविधानमै लेख्न बाध्य बनाएको बताउँदै पुनमले अब त्यसको कार्यान्वयनका लागि लाग्ने समय आएको बताइन् ।

गरिब, मजदुर, किसान, महिला, दलितका अधिकार संविधानमा लेखिए पनि कार्यान्वयनको चरणमा थुप्रै समस्या देखापरेको बताउँदै पुनमले अब सिङ्गो दलित समुदायलाई राज्यका सबै अङ्ग र पार्टीभित्र प्रतिनिधित्व गराउनका लागि लड्ने बेला आएको पुनमले बताइन्  ।

समानुपातिकका लागि गोलाकारभित्रको हँसियाहथौडा चुनाव चिन्हमा भोट माग्न यतिबेला जनतामाझ पुगेकी पुनमले आफनो पार्टीलाई विश्वास गरेर मत दिएमा त्यो मत आफूलाई जिताउनका लागि हुने भन्दै उनले सम्पूर्ण मतदाता र सुभेच्छुकहरुसँग मतका लागि अनुरोध गरेकी छिन् ।

प्रस्तुति : जनक नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *