विभिन्न संघ संस्थामा रहेर समाजसेवा गरिरहेकी दिलकुमारी बुढा अहिले प्रदेश सभाका लागि माओवादी केन्द्रको तर्फबाट समानुपातिक उमेदवार बनेकी छिन् ।
२०२८ सालमा रोल्पामा जन्मिएकी दिलकुमारीले एसएलसीसम्मको शिक्षा दाङको जेठो विद्यालय पद्योदय पब्लिक भरतपुरबाट हासील गरेकी हुन् । ०५१ सालबाट नै उनी समाजसेवामा लागिरहेकी छिन् ।
२०६२ सालमा नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता लिएकी उनी अहिले घोराही उपमहानगरपालिका सहसचिव छिन् । पार्टी र सामाजीक संघ संस्थाको कामलाई सँगसँगै अगाडि बढाइरहेकी दिलकुमारी एउटा कुशल संगठनकर्ता मानिन्छिन् ।
उनी अहिले नेपाल मगर संघ जिल्लाको उपाध्यक्ष, नेपाल मगर महिला सेवा समितिको सचिव, टाउनप्लान विकास संस्थाको सदस्य र जलजला बचत तथा ऋण सहकारी संस्थाको ऋण संयोजकको भूमिका निर्वाह गरिरहेकी छिन् भने पार्टीको घोराही उप महानगरपालिकाको सहसचिव तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सचिवको भूमिकामा रहेकी छिन् । दिलकुमारीले समाजसेवानै आफ्नो जीवनको उद्देश्य भएको बताउँछिन् ।
सामाजिक संघ, संस्थामा सहेर समाजको मात्रै सेवा हुने भएकाले देशको विकास गर्न पार्टीमा लागेको उनी बताउँछिन् । समाजको नेतृत्व लिन सक्ने सही समयमा सही निर्णय लिन सक्ने खुवी उनमा रहेको छ । पार्टी संघ,संस्थाका साथ, साथै उनले गाईपालन पनि गरेकी छिन् । जलजला गाई फर्म दर्ता गरी उनले गाईपालन व्यवसाय शुरु गरेकिछिन् ।
वर्गीय मुक्तिबाटै समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोचका साथ पार्टीमा लागेको दिलकुमारीको भनाई छ । अहिले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिर्वतन भएको वताउदै दिलकुमारी भन्छिन्– २०५१/०५२ सालतिर महिला भनेको घरको भान्सामा मात्रै सिमित हुनुपर्छ भन्ने मान्यता थियो, त्यो मान्यतालाई तोड्दै आफू विभिन्न संघ,संस्थाको स्थापना गर्दै समाज सेवामा हिडेको हुँ । त्यतिबेला कुरा काट्नेहरुको पनि कमी नभएको दिलकुमारी बताउँछिन् । तर अहिले तीनै कुरा काट्नेहरुले दिलकुमारी नेतृत्व गर्न सक्ने महिला भएको बताउँछिन् ।
नेकपा माओवादी केन्द्रले उनै दिलकुमारीलाई प्रदेश सभाको समानुपातिक उमेदवार वनाएपछि अहिले उनी गोलाकारभित्रको हँसियाहथौडा चुनाव, चिन्हमा भोट माग्दै जनताको घर,घरमा पुगेकीछिन् ।उनै समाजसेवी महिला नेतृ दिलकुमारी आफूलाई जनताले आफ्नो अमुल्य भोट दिएर विजयी बनाएमा दाङको विकासका लागि जनताकै सुझावमा अघि बढ्ने उनी बताउँछिन् ।
प्रस्तुति : सन्तोष अधिकारी