दाङमा बाम नेताले सम्झिए प्रकाश दाहाललाई

  
  प्रकाशित मितिः बुधबार, मंसिर ६, २०७४       | 153 Views   ||

पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र एवं सो पार्टीका पोलिटब्यूरो सदस्य प्रकाश दाहालको स्मृतिमा दाङमा श्रद्धाञ्जली सभा गरिएको छ ।

घोराही उपमहानगरपालिका १८ पिपलखालीमा श्रद्धाञ्जलीसभा गरिएको हो । सभालाई सम्वोधन गर्दै उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रकाशको निधनले पार्टीलाई ठूलो क्षति भएको बताउनुभयो ।

प्रकाश प्रचण्डपुत्र मात्र नभएर माओवादी केन्द्रीय कार्यालयको कुशल ब्यवस्थापक भएको उल्लेख गर्दै पछिल्लो समयमा युवाहरुमाझ लोकप्रिय नेता बन्दै गएको बताउनुभयो ।
23825606_1840637405977642_1895028077_o
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रकाश प्रचण्डका छोराबाट क्रान्तिकारी यौद्धाको रुपमा रुपारन्तरण भएको बेला निधन भएकाले भन्दै बाम आन्दोलनमा ठूलो क्षति पुगेको बताउनुभयो । शोकलाई शक्तिमा बदल्ने चुनावी अभियानमा अघि बढ्न प्रचण्डले निर्देशन दिइसकेको उल्लेख गर्दै उहाँले प्रकाशको सम्मानलाई चुनावी मिसनकै रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यले प्रकाशको निधनपछि प्रचण्ड परिवार सम्हालिदै गएकाले अनावश्यक चर्चा गरेर पीडा दिन नदिन सबैमा आग्रह गर्नुभयो ।

बाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ को आयोजनामा भएको कार्यक्रमको अध्यक्ष निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्माले गर्नुभएको थियो । माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन चुनाव परिचालन समितिका सहसंयोजक देवराज विश्वकर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *