दाङको विकासका लागि के गरे महराले ?

  
  प्रकाशित मितिः शनिबार, मंसिर ९, २०७४       | 943 Views   ||

घोराही । दाङमा प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुँदैछ । यो निर्वाचनमा दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि उप–प्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा उम्मेदवार रहेका छन् । उनी दश वर्षे जनयुद्धका प्रमुख अभियन्ता हुन् ।

जनयुद्धका क्रममा उनले विभिन्न जिम्मेवारी र मोर्चामा रहेर आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरे । उनी नेपालमा शान्ति प्रकृया शुरु गर्न तत्कालीन विद्रोही नेकपा माओवादीको तर्फबाट प्रमुख वार्ताकार हुन् । महरा भद्र, शालीन सबैका कुरा सुन्न सक्ने क्षमता भएका नेता भएकाले त्यतिबेला पार्टी अध्यक्ष प्रचण्डले वार्ताको प्रमुख जिम्मेवारी दिएका थिए ।

२०६३ सालमा महरा सञ्चारमन्त्री हुँदा देशका सीमित बजार क्षेत्रमा मात्र ल्याण्डलाइन फोनको सुविधा थियो । मोबाइलको नाममा एकाध सम्पन्न व्यक्तिहरुको हातमा मोबाइल थियो । इन्टरनेटको अवस्था त झनै विजोग थियो ।

सञ्चारमन्त्री हुनेबित्तिकै उनले त्यतिबेला निकै महात्वाकांक्षी लाग्ने नारा अघि सारे– ‘हात–हातमा मोबाइल, घर–घरमा इन्टरनेट ।’ उक्त नारालाई त्यतिबेला धेरैले हसिमजाकमा उडाए । तर, उनले त्यो उद्घोष गरेको एक दशक नबित्दै उनको नाराले साकार रुप पाइसकेको छ ।

महरा परराष्ट्रमन्त्री हुँदा नेपालले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो राम्रो छवि प्रस्तुत गर्न सफल भएको थियो । जनयुद्धकालमै पार्टीको विदेश विभाग प्रमुख तथा प्रवक्ताको समेत जिम्मेवारी पाएका उनी अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक पहलमा पनि उत्तिकै सचेत र सफल नेता हुन् ।

आर्थिक वृद्धिदर निकै न्यून रहेको नेपालले उनी अर्थमन्त्री हुँदा एकै पटक ७.२ प्रतिशत वृद्धिदर हाँसिल गरेर २५ वर्षयता पहिलोपटक उच्च आर्थिक वृद्धिदर हाँसिल ग¥यो । नेपालको अर्थतन्त्रमा उनी अर्थमन्त्री हुँदा प्राप्त गरेको यो सफलतालाई अन्तर्राष्ट्रिय स्तरबाट पनि निकै चासोका साथ हेरिएको थियो ।

यी हुन् दाङको विकासका लागि महराले गरेका काम

शान्तिप्रक्रियापछि संविधान निर्माणमा विशेष भूमिका खेलेका महराले दाङलगायत समग्र राप्तीकै विकासका लागि नेतृत्व गर्दै आएका छन् । बजेट विनियोजन, विकास आयोजनाको शुरुवातका लागि पहल र दाङको भौतिक पूर्वाधार निर्माणका लागि उनले केन्द्रमा रहेर समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

उसो त महरा दाङमा हालसम्म सबैभन्दा बढी बजेट विनियोजन गर्ने नेताको रुपमा प्रस्तुत भएका छन् । उनले आफू अर्थमन्त्री हुँदा दाङलाई पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थिए । त्यो भन्दा पहिले दाङमा वार्षिक करिब १५ करोड रुपैयाँ मात्र बजेट विनियोजन हुन्थ्यो ।

उनले दाङका लागि विगतदेखि नै थुप्रै विकास निर्माणका कामहरुमा आफूलाई सहभागी गराउँदै आएका छन् । यहाँ हामीले उनले पछिल्लो समयमा गरेका बजेट विनियोजन तथा विकास निर्माणका केही कामहरु बुँदागत रुपमा प्रस्तुत गरेका छौं ।

  • तत्कालीन महेन्द्र अस्पताल दाङलाई राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति गर्न र तुलसीपुरमा अञ्चल अस्पताल स्थापना गर्न विशेष पहल तथा ती दुवै कार्यको नेतृत्व ।
  • प्रदेश नं. ५ कै प्रतिष्ठाको विषय बनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि विशेष पहल तथा नेतृत्व ।
  • दाङलाई प्रदेश राजधानी स्थापनाका लागि पार्टी तथा सरकारबाट निरन्तर दबाब तथा प्रदेश कार्यालयहरु दाङमा स्थापना गर्न विशेष पहल तथा भूमिका । जसको फलस्वरुप उच्च अदालत, प्रदेश प्रहरी कार्यालय, टेलिकमको प्रदेश कार्यालयहरु दाङमा स्थापना ।
  • नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुका साथै भवन निर्माणका लागि आर्थिक सहयोग ।
  • घोराहीमा सिटी हल निर्माणका लागि बजेट विनियोजन– २६ करोड ७७ लाख
  • राप्ती उपक्षेत्रीय अस्पताल भवन निर्माणका लागि बजेट विनियोजन २४ करोड २८ लाख
  • विभिन्न सामुदायिक विद्यालयहरुमा कम्प्युटर तथा शैक्षिक सामग्री प्रदान

सडकतर्फ (अर्थमन्त्री हुँदा विनियोजित बजेट)

  • घोराही–मुर्कुटी–प्यूठान सडक स्तरोन्नति तथा कालोपत्रेका लागि बजेट विनियोजन– २८ करोड
  • घोराही–मसिना–स्यूजा–स्वर्गद्वारी सडक निर्माणका लागि बजेट विनियोजन– १ करोड ४ लाख
  • घोराही–क्याम्पसरोड पूर्व–मानवकल्याण टोल–रानीजरुवा–कटुवाखोला सडक कालोपत्रे– ५४ लाख २० हजार
  • श्रीगाउँ–जखेरा ताल सडक कालोपत्रे – १ करोड ४ लाख
  • झिंगौरा–रतनपुरचोक–तुलसीपुर–घोराही राजमार्ग हुँदै रातामाटा बाँसबोट–होलेरी सडक कालोपत्रे ५४ लाख २० हजार
  • गैरागाउँ–क्वाडी हुँदै पचुर्खा सडक कालोपत्रे –५४ लाख २० हजार
  • लमही–घोराही–तुलसीपुर सडक बिस्तार- ५ करोड ४ लाख
  • बेलझुण्डी–मानपुर जमुनी हुँदै टरिगाउँ एयरपोर्ट जोड्ने सडक कालोपत्रे– ५८ लाख
  • खैरा–कोठरी–मलवार–गरगरिया गाउँ सडक निर्माण– ५८ लाख
  • बिजौरी–दोघरे–बाँसगढी–ढोडनी सडक – ५८ लाख
  • घोराही बजार शहरी सडक कालोपत्रे– ५ करोड ८ लाख
  • तुलसीपुर शहरी सडक कालोपत्रे – ३ करोड ४ लाख
  • नारायणपुर प्रहरी चौकी–चरबगिया–पतेनी–बिजौरी–होलेरी सडक निर्माण – १ करोड ८ लाख
  • घोराही–चैते सडक (विपी मार्ग) – १ करोड ४ लाख
  • घोराही–हापुर–रक्षाचौर आँखा अस्पताल खण्डको बटोलपुर–साहीपुर–सुनडबरी सडकखण्डको स्तरोन्नति – १ करोड ४ लाख
  • गोबरडिहा–जंगलकुटी सडक कालोपत्रे – ५४ लाख २० हजार
  • देउखुरी साविक सिसहनिया–३ देखि पश्चिम सोनपुर सडक कालोपत्रे – ५४ लाख २० हजार
  • साविक घोराही–११ रानीजरुवा कटुवाखोला सडक कालोपत्रे – ५४ लाख २० हजार
  • पुरन्धारा बगारपुर–गङ्गटे सडक कालोपत्रे – ५४ लाख २० हजार
  • घोराही बसपार्क–बिजौरी–हलवार सडक – ५४ लाख २० हजार
  • बैबाङ–पोटली हुँदै मखनटाकुरी सडक – ५८ लाख
  • सिसहनिया–करंगे–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडक – ५८ लाख
  • गोग्ली–लक्ष्मीपुर सडक – ५४ लाख २० हजार
  • बेलभार–भैंसाही–बर्गद्धी–ओखरा–ढिकपुर सडक कालोपत्रे – ५ करोड
  • अद्वैत संस्था पश्चिम–गोर्खा अस्पताल पूर्व शान्तिनगर टोल सडक कालोपत्रे – ४ करोड
  • घोराही–मसिना–सैघा हुँदै प्यूठान जोड्ने सडक – १ करोड
  • दाङ दुईखोली–रोल्पा मसिना–धौलाबाङ–लिबाङ सडक – १ करोड
  • तुल्सीपुर बाहिनीचोक–एयरपोर्ट सडक कालोपत्रे – ५४ लाख २० हजार
  • शिवमन्दिरचोक–घोराही हुँदै बालापुर सडक – ३ करोड ४२ लाख
  • घोराही–हरिद्वार–बर्गद्धी सडक – ५४ लाख २० हजार
  • सतबरिया–बनघुस्री–राप्ती नदी सडक – ५४ लाख २० हजार
  • गोग्ली–लक्ष्मीपुर सडक – ५४ लाख २० हजार
  • अम्बापुर–घोरदौरा सडक – ५४ लाख २० हजार
  • तुल्सीपुर रानीघाट–बनहरी सडक – ५४ लाख २० हजार
  • चौघेरा–डबरी सडक – १ करोड ४ लाख
  • घोराही–धारपानी सडक कालोपत्रे– १ करोड ८ लाख
  • घोराही–फुर्सेखाली–हात्तीखर्क सडक – १ करोड ८ लाख
  • मौरीघाट पुरानो रिङरोड देउखुरी सडक – १ करोड ४ लाख

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *