तपाईको एक भोटले प्रदेशको राजधानी दाङ बन्छ: अपार

  
  प्रकाशित मितिः आइतवार, मंसिर १०, २०७४       | 107 Views   ||

दिपक बोहरा

तुलसीपुर । बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले मतदाताको एक भोट पनि अमुल्य रहेको बताएका छन् ।

मतदाताको एक भोटले मात्रै पनि हार जित हुन सक्ने भन्दै दाङ राजधानी बनाउन बाम गठबन्धनले जित्नु पर्ने उनको भनाई थियो ।

अधिकांश ठाउँमा बाम गठबन्धनले बिजय हाँसिल गर्ने भन्दै प्रादेशिक राजधानी दाङमा ल्याउन बाम गठबन्धनले जितेपछि बहुमत पुग्ने र प्रदेशिक राजधानी दाङमा ल्याउन सकिने उनको भनाई थियो ।

मतदाताको एक भोटले मात्रै पछि परेमा बाम गठबन्धन पछाडि पर्न सक्ने भन्दै मतदाताको प्रत्येक भोट अमुल्य रहेको बताएका छन् ।

मुलुकमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने भन्दै अन्य पार्टीलाई भोट दिएर आफ्नो अमुल्य भोट खेर नफाल्न आग्रह गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका अपारले आइतबार तुलसीपुर १४ मा भएका विभिन्न चुनावी कोणसभालाई सम्बोधन गर्दै बाम गठबन्धनले स्थायी सरकार निर्माण गरी पाँच बर्षमा समृद्ध र विकसित बनाउन एकता गरेको बताए ।

मुलुकका ठुला दल माओवादी केन्द्र र एमालेले गठबन्धन गरेसँगै बाम गठबन्धनको दुई तिहाई बहुमत आउने उनले बताए । बाम गठबन्धनले जित्ने भएपछि अहिले मतदाताहरुले पनि बाम गठबन्धनबाहेक अन्य पार्टीलाई मत दिएर आफ्नो अमुल्य मत खेर फाल्न नचाहेको उनको भनाई थियो ।

तुलसीपुर १४ को कोठेरीलगायतका स्थानमा चुनावी अभियान भएको छ । चुनावी अभियानमा एमाले नेता कृष्ण भुसाल, माओवादी केन्द्रका नेता खुसीराम चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *