जनार्दनले भने– ‘पार्टीमा जगप्रसाद र मेरो हैसियत एउटै हो’

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       | 261 Views   ||

दिपक बोहरा

तुलसीपुर । माओवादी केन्द्रका प्रभाबशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीभित्र दाङ क्षेत्र नंं. ३ को प्रदेश सभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ र आफ्नो हैसियत एउटै भएको बताएका छन् ।

आफू पनि पार्टीको स्थायी कमिटी (पार्टीको उच्च तहको नेतृत्व) सदस्य र अपार पनि स्थायी कमिटी सदस्य भएको बताएका छन् ।

जगप्रसाद र आफुले सँगसँगै राजनीति शुरु गरेको र पार्टी भित्रको स्थायी कमिटी सदस्य रहे पनि अहिलेसम्म कुनै अवसर नपाएको जनार्दनले बताए । ‘पार्टीभित्र जगप्रसाद र मेरो हैसियत एउटै हो’ उनले भने, ‘मैले अवसर पाएर अहिले आम देशबासीको जनार्दन भएको छु’ तर अपारले काम गर्न अवसर नपाएर पछाडि पर्नुभएको छ ।’

सँगै राजनीतिमा लागेका र अपारको हैसियतका सबैले बिभिन्न क्षेत्रमा अवसर पाए पनि अपारले भने अहिले मात्रै प्रदेश सभा सदस्यमा उम्मेदवार बन्ने अवसर पाएको बताए ।

उत्कृष्ट भिजन, सैद्धान्तिक ज्ञान, इमान्दार र स्वच्छ छवि भएका नेताको रुपमा पार्टीभित्र स्थापित भएका अपार जनयुद्धकालमा बिभिन्न मोर्चाको नेतृत्व गरेको उनले बताए ।

त्यसै युद्धकै क्रममा अपार पहिलो घाइते भए । आँखामा गोलीका छर्राले लाग्दा उनको दायाँ आँखा गुमेको छ । अपारको सम्पतिको नाममा तुलसीपुर–१२ को कपडादेवीमा एक तले घरबाहेक अरु नरहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *