भालुबाङमा चुनावी सभा, माओवादी नेता अनन्तले सम्बोधन गर्ने

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       | 197 Views   ||

देउखुरी । संयुक्त वाम गठबन्धन क्षेत्र नं. १ दाङदेउखुरीको चुनावी आमसभा आज भालुबाङमा हुने भएको छ ।

सभालाई नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले सम्बोधन गर्ने निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा गत आइतबार रोल्पामा मतदान गरिसकेका नेता अनन्त आज नै दाङका चुनावी कार्यक्रमहरुमा सहभागी हुन आउन लागेका हुन् ।

दिउँसो १२ बजेदेखि भालुबाङ बजारमै हुने सभामा अनन्तलगायत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मेटमणि चौधरी र क्षेत्र नं. १ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार इन्द्रजित थारुलगायतले सम्बोधन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *