बाम गठबन्धनले मात्रै विकास दिन्छ–ओली

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       | 92 Views   ||

दाङ, मंसिर १२ । दाङ क्षेत्र नम्वर ३ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार उम्मेदवार उत्तरकुमार ओलीले बाम गठबन्धनले मात्रै मुलुकलाई समृद्ध बनाउने बताउनभएको छ ।

बबई गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बाम गठबन्धनले मात्रै विकास दिने बताउनुभएको हो ।

‘अहिलेसम्म तपाईहरुले जिताएको पार्टीले केही गर्नसकेको छैन । कांग्रेसको भ्रमकापछि नलागी सूर्य चिन्हमा भोट हाल्नुहोस् । हामी विकास’, ओलीले भन्नुभयो, ‘म तपाईको गाउँको भाइ छोरा हँु । अघिल्लो निर्वाचनमा पराजय बेहोरे पनि निरन्तर तपाईहरुको दुःख, सुखमा सँगै छु । मलाई विश्वास गर्नुहोस् ५ वर्षभित्र सबै सडकको स्तरोन्नतिका साथै प्रमख बाटो कालोपत्रे गरिसक्नेछु ।’

घरदैलो पश्चात् आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले बबई गाउपालिकामा रहेको झरनालाई पर्यटनको केन्द्रका रुपमा विकास गर्नुको साथै उचित सिचाई र खानेपानीको व्यवस्थापन गर्दै यस भूगोलमा रहेका वनजगलबाट उद्योगको स्थापना गरी युवा रोजगारीको सृजना गर्ने बताउनुभयो ।

कोण सभामा बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेल, परिचालन समितिका संयोजक चुर्णबहादुर ओली, एमाले जिल्ला सचिवालय सदस्य सिमा न्यौपाने, जिल्ला सदस्य सुरेश रावत, माओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकीलगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *