निर्वाचन प्रश्चात संविधानको पूर्णतः कार्यान्वयनपछि देश विकास र समृद्धिको युगमा प्रवेश गर्ने कुरा छ । अहिले दलका उम्मेदवारहरुले राजनीतिक कुरा भन्दा विकासका योजनाहरु जनतालाई बढि सुनाइरहेकाछन् । अनेत्र जस्तै दाङलाई चुनावी सरगर्मीले छोइराखेको छ ।
यहाँका उम्मेदवार र दलहरुका प्रतिवद्धता पत्रलाई हेर्दा आर्थिक विकासका एजेण्डाहरुलेनै प्राथमिकता पाएकाछन् । तर दाङ जस्तो सम्भावनै,सम्भावनाको सामरिक महत्व बोकेको जिल्लाको विकासका प्रभावकारी नेतृत्वको आवश्यकता पनि जरुरी उत्तिकै छ । किनकि दाङ पश्चिमको रारा,उत्तरको डोल्पा,पूर्वको ढोरपाटन पाल्पासम्म जोडिने केन्द्र हो ।
दाङलाई जति बाहिरका जिल्लाहरुमा विस्तार गर्न सक्यो त्यतिनै यो जिल्ला केन्द्र बन्दै जान्छ र तीव्र विकासको खुड्किलामा माथि चढ्दै जान्छ । देशले समृद्धिको बाटो पक्डेसँगै दाङको विकासका लागि यहाँको कृषि,पर्यटन क्षेत्र नै प्रयाप्त छन् । यिनको आधुनिकिकरण र व्यवस्थितिकरणलाई जोड् दिनावितिकै यहाँको अर्थतन्त्रनै नयाँ ठाउँमा पुग्छ । प्रकृतिले हामीलाई कसैले ठग्न नसग्ने विशाल उर्वर ठाउँमा ल्याएर बसालिदिएको छ ।
अब खाली यसलाई भौतिक साधनको परिचालनले विकसित र सम्पन्न जिल्लामा उभ्याउनुपर्ने खाँचो छ । त्यसका लागि हामीलाई खाँचो छ केन्द्रमा प्रभाव राख्ने दरिलो नेतृत्वको । किनकि हामीले त्यो नेतृत्वविना दाङलाई पश्चिम नेपालकै केन्द्र बनाउन सक्दैनौ र यो जिल्लाको विकासलाई अन्य जिल्लासँग जोड्न सक्दैनौं ।
दाङ प्रदेशको राजधानी हुने कुराको विश्वास त नेताहरुले दिलाइराखेका र त्यस बाहेक प्रदेशको मुख्यमन्त्री समेत यहि जिल्लाबाट हुने गरी उम्मेदवारलाई अघि सारिरहेकाछन् । यो भनेको जिल्लाको मुहार बदल्ने गरी एकपटक आएको सुनौलो अवसर हो । यसलाई राजनीतिक आग्रह या पूर्वाग्रहमा जिल्लावासीले गुमाउनु हुदैन् ।
कृष्णबहादुर महरा राष्ट्रिय मात्र होइन अन्र्तराष्ट्रियस्तरको छवी बनाइसकेका नेता हुन । विकास र समृद्धिका लागि दाङलाई उनी जस्तो माथिको नेताको आवश्यकता छ ।
उनीले यहाँबाट प्रतिनिधित्व गरे भने मात्र हामीले दाङलाई डोल्पा, रारा र बाग्लुङसम्म जोड्ेर पर्यटन र औद्योगिक क्षेत्रको हव बनाउन सम्भव तुल्याउन सक्नेछौ। त्यस्तै दाङ भित्रका ठुला योजना सम्पन्न गर्नका लागि शंकर पोख्रेल जस्ता केन्दी्रय पहुँचका नेता अझ त्यसमा पनि मुख्यमन्त्रीको रुपमा हामीले पाउने भएपछि अब यहाँ नेतृत्वको अभाव पनि खड्किने भएन र विकासले तिव्र छलाङ मार्नेमा कुनै सन्देह पाल्नुपर्ने कुरा बाँकी रहेन ।
स्थानीय तहबाट जनताका स–साना समस्या र स्थानीयस्तरबाटै विकास, जिल्लालाईसमृद्धिमा उठाउने गरी ठुला योजनाको विकास प्रदेशस्तरबाट र जिल्लालाई टान्जिट पोइन्ट बनाउने गरी अन्य जिल्लाहरुसँग जोड्ने काम केन्द्रबाट हुने गरी जसरी महरा र शंकर पोख्रेलको आगमन भएको छ, त्यो जनता र नेतृत्व बीच एकअर्कोमा परिपुरक हुन पुगेको छ ।
उनी नेताहरुले पनि अब राजनीतिक एजेण्डा सकियो र आफूहरुले पूर्ण ध्यान आर्थिक विकास र समृद्धिमा लगाउने कुरा जनताको वीचमा बताउदै आइराखेकाछन् । र समृद्धिका लागि स्थिर सरकारलाई ध्यानमा राखि वामगठबन्धन बनेको कुराको व्याख्या गरिरहेकाछन् । सुन्दर दाङलाई अझ सुन्दर, विकसित र उन्नत बनाउने सबै दाङवासीको सपना हो ।
त्यो पुरा गर्न भिजन, पहुँच र सक्षम नेतृत्व छान्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ । महरा र शंकरलाई राजनीतिक आस्थाले छुट्याएर भन्दा विकासका लागि सबैले साझा नेतृत्वको रुपमा अपनाउन सके दाङले प्रदेशलाई धान्ने अर्थतन्त्रको विकासमा सजिलै आफूलाई पु¥याउन सक्ने छ ।