देउखुरी, १२ मंसिर । चुनावी अभियान लिएर राजपुर गाउँपालीकाको वडा नं. ४ फोहरामा पुग्नु भएका वाम गठवन्धनका साझा उम्मेदवार रेवतीरमण शर्मालाई बिजयको आर्शिवाद दिनेहरुको भिड नै लाग्यो ।
यादव समुदायका नागरिकले शर्माको भरोसा गर्छन् । ‘हाम आपकैहे, बहुत ज्यादा मत दैके जितावा जाई’ ७० वर्षिय चिन्ताराम यादवले आफ्नै भाषामा भन्नुभयो–‘हम्मे आपके भरोसा है, काम करेवाला नेता आप है ।’
काङ्ग्रेसको गड भनेर चिनिने फोहरा, जंग्रहवामा वाम गठवन्धनका उम्मेदवार पुग्दा जनस्तरवाट भब्य स्वागत भयो । चुनावी प्रचार अभियान लिएर मंगलवार राजपुर गाउँपालीकाको विभिन्न वस्तीमा पुग्नु भएका दाङ निर्वाचन क्षेत्र नं. १(२) प्रदेश सभाका उम्मेदवार शर्मालाई यस पटक बीजय गराउने अठोट लिएको वताएका छन् ।
‘पढेलेखेको वुद्धिजीवी हुनुहुन्छ, केही समस्या परेमा हामीले उहाँ संग प्रश्न गरेर सोध्न सक्छौं’ पप्पुकुमार झाँले भन्नुभयो–‘हाम्रो समस्याको समाधान वाम गठवन्धनका उम्मेदवारले गर्न सक्छन् भन्ने विश्वास लिएको छ, काङ्ग्रेसले यहाँवाट धेरै पटक जित्यो तर, समस्या समाधान गर्नेमा ध्यान दिएन् ।’
फोहरा, जंग्रहवा, मनेतीपुर, रौनिया गाउँमा शर्मालाई स्वागत गर्दै आफ्ना समस्या दर्साए ।
‘जग्गाको पुर्जा छैन्, विश्व विद्यालयको जग्गा जोतभोग गरेका छौं तर, हामीलाई स्वामित्व चाहीयो’ वाम गठवन्धनका उम्मेदवारहरुले जग्गाको स्वामित्व किसानलाई दिने उद्घोष गरेका छन् ।
राजपुर गाउँपालीकाका किसानहरुले विश्व विद्यालयको वर्षौं देखी जग्गा जोत्दै आएका छन् ।