तुलसीपुर बम विष्फोटका घाइते म्यादी प्रहरी विनोद चौधरीको निधन

  
  प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४       | 378 Views   ||

तुलसीपुर । दाङको तुलसीपुरमा मंगलबार बम विस्फोटनमा परी गम्भीर घाइते भएका म्यादी प्रहरी विनोद चौधरीकोको मृत्यु भएको छ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको क्रममा मृत्यु हुने विनोद पहिलो व्यक्ति हुन् ।

तुलसीपुर उपमहानगरपालिका १२ क्वाँगी निवासी २३ वर्षीय चौधरीको मंगलबार राती उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

तुलसीपुरका प्रहरी प्रमुख डिएसपी सुधिरराज शाहीका अनुसार बम विस्फोटमा परि गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका ७ का जेनी डिसी, सल्यानको बागचौर गाउँपालिका ४ का देवीकुमारी डिसी र तुलसीपुर उपमहानगरपालिका १७ का बमराज सुनारलाई थप उपचारका लागि बाँकेको कोहलपुर ‘रेफर’ गरिएको छ।

बम विस्फोटमा परि बबई गाउँपालिका ६ की सुनिता चौधरी, सल्यानको ढोरचौर गाउँपालिका २ का नरपनी बुढाथोकी, बबई गाउँपालिका ६ का नेवबहादुर खत्री र शान्तिनगर गाउँपालिका २ का हेमराज रामजाली पनि घाइते भएका छन्।

मोटरसाइकलमा आएका दुईजनाको समुहले फालेको बम विष्फोट हुँदा एक म्यादी प्रहरी चौधरीसहित ९ जना घाईते भएका थिए ।

नेपाली कांग्रेसले मंगलबार तुलसीपुरको अरनिको खेलमैदानमा चुनावी आमसभा गरेको थियो । उक्त सभालाई कांग्रेस सभापति एबं प्रधानमन्त्री देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो ।

आमसभा स्थलको झण्डै ५ सय मिटरको दुरीमा रहेको तुलसीपुरको तुलसी बोर्डिङ नजिकै बम बिष्फोट भएको हो । प्रहरीले बम विष्फोट गराउने ब्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *