रङसिङखोलामा इन्द्रजितलाई टोपबहादुरको साथ

  
  प्रकाशित मितिः बिहिबार, मंसिर १४, २०७४       | 212 Views   ||

मतदाताले दिए जीतको आशिर्वाद

दाङ, कार्तिक १४ । दाङ–अर्घाखाँचीको सिमानामा पर्ने रङसिङ खोलामा बाम गठबन्धनको तर्फदाङ क्षेत्र नम्बर १ (१) का उम्मदेवार इन्द्रजित थारु र अर्घाखाँचीको प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझीले संयुक्त सभालाई सम्बोधन गरेका छन् ।

फरक जिल्ला भएता पनि स्थानीयको माग अनुसार एकै स्थानमा संयुक्तसभा आयोजना गरिएको हो । दुबै नेता एकै स्थानमा पाएपछि यहाँका स्थानीय अब विकास हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उम्मेदवार रायमाझीले दाङ र अर्घाखाँचीको भावनात्मक सम्बन्ध बलियो रहेको भन्दै दुबै मिलेर सिमा क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाए । विकास र समृद्धिलाई निष्कर्षमा पु¥याउन बामपन्थी नेतृत्वमा स्थायी सरकार निर्माण गर्नुपर्ने हुँदा बाम गठबन्धनका उम्मेदवारलाई ढुक्क भएर मतदान गर्न उनले आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै उम्मेदवार थारुले यो क्षेत्रमा खासगरी सडक, शिक्षा र रोजगारीको समस्या रहेको उल्लेख गर्दै निर्वाचन जितेको २ वर्षमा विकास र समृद्धिमा सबैको पहुँच पु¥याउने बताए ।

यस्तै कार्यक्रममा अर्घाखाँची १ (२) का उम्मेदवार रामजी घिमिरेले काँग्रेस विकासको परीक्षामा असफल साबित भइसकेको भन्दै अब बामपन्थीहरुको नेतृत्वमा सरकार गठन गरेर विकासको अभियानलाई अगााडी बढाउनुपर्ने बताए ।

उम्मेदवारका प्रतिबद्धता सुनेपछि यहाँका स्थानीय खुसीले रमाउँदै उम्मेदवारहरु सँगसँगै नाचेका थिए । कार्यक्रममा अर्घाखाँचीको शितगंगा नगरपालिका ९ का वडा अध्यक्ष भिम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *