कृष्णबहादुर महरालाई भोट किन ? हेर्नुस् माओवादी केन्द्रको अपील

  
  प्रकाशित मितिः बिहिबार, मंसिर १४, २०७४       | 732 Views   ||

समद्ध नेपालका लागि समृद्ध दाङ– हाम्रो अभियान ! गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हमा मतदान !! भन्ने नाराका साथ चुनावी अभियानमा होमिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई जिताउन माओवादी केन्द्र दाङले अपील गरेको छ ।

माओवादी केन्द्रले एक अपील प्रकाशित गरी समग्र दाङको विकास र समृद्धिका लागि कृष्णबहादुर महराको विकल्प नभएको भन्दै २८ वटा बुँदामा विकास निर्माणका एजेण्डा समेत प्रस्तुत गरेको छ ।

शान्ति प्रक्रियाका अभियन्ता, सञ्चार प्रविधि भित्र्याउने सफल नेतृत्वकर्ताका रुपमा रहेका महराले विकासप्रेमी नेताका रुपमा समेत परिचित रहेको अपीलमा बताइएको छ । हेर्नुस् अपीलको पूर्ण पाठ–

कृष्णबहादुर महरालाई भोट किन ?

समद्ध नेपालका लागि समृद्ध दाङ– हाम्रो अभियान
गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हमा मतदान

२०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका कृष्णबहादुर महरा एक शालीन, इमान्दार, कर्मठ र विकासप्रेमी नेता हुन् । शान्ति प्रक्रियाको नेतृत्व गर्दै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका महराले पार्टीको विभिन्न हैसियतमा रही इमान्दारी तथा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।

महराले शान्ति प्रक्रियापश्चात् विभिन्न मन्त्रालयहरुको सफलतापूर्वक भूमिका निर्वाह गरेका छन् । उनले सञ्चारमन्त्री हुँदा धेरैलाई अविश्वसनीय लागेको ‘हात–हातमा मोबाइल, घर–घरमा इन्टरनेट’ नारालाई व्यवहारतः कार्यान्वयन गरी देखाए ।

अर्थमन्त्रीको जिम्मेवारीमा छोटो समय रहँदा उनले देशमा उच्च आर्थिक वृद्धिदर (६.७५) हासिल गर्नुका साथै दाङमा मात्र ५ अर्बभन्दा बढी रकम विनियोजन गरे ।

उनी परराष्ट्रमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले अत्यधिक मतका साथ प्रतिनिधित्व गर्ने अवसर पायो । महराकै नेतृत्वमा दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना सम्भव भयो ।

वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरालाई दङाली जनताले प्रतिनिधि सभा सदस्यको रुपमा पाउनु गौरवको विषय मात्र नभएर समग्र दाङ र ५ नं. प्रदेशकै उज्ज्वल भविष्य हो भन्ने कुरा बुझ्न जरुरी छ ।

तसर्थ दाङ क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हमा अत्यधिक मत दिई कृष्णबहादुर महरालाई विजयी गराउन नेकपा माओवादी केन्द्र हार्दिक अपील गर्दछ ।

महराको जीतले मात्र सम्भव छ यी काम-

  • दाङलाई ५ नं. प्रदेशको राजधानी बनाउन ।
  • संविधान र संघीयताको पूर्ण कार्यान्वयन गर्न ।
  • सामाजिक न्यायसहितको समृद्ध समाज निर्माण गर्नराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य पूरा गर्नदाङलाई पश्चिम नेपालकै मुख्य केन्द्र बनाउन ।
  • दाङलाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको मुख्य गन्तव्य (Hub)का रुपमा विकास गर्न ।
  • दाङ जिल्लालाई उत्तर चीन र दक्षिण भारतसँग स्तरीय सडक सञ्जालले जोड्न ।
  • दाङलाई छिमेकी जिल्ला र अन्य प्रदेशहरु जोड्ने स्तरीय सडकहरु निर्माण गर्न ।
  • दाङमा नियमित हवाइसेवा सञ्चालन तथा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ।
  • दाङमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय सभागृह निर्माण गर्न ।
  • दाङका प्रत्येक वडा कार्यालय र पालिका केन्द्र जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे गर्न ।
  • दाङमा एक बृहत सहिद पार्क निर्माण गर्न ।
  • दाङलाई ४ नं. प्रदेशको पोखरा र ६ नं. प्रदेशको सुर्खेतसँग द्रुत मार्गले जोड्न ।
  • चीनको केरुङ हुँदै लुम्बिनी आउने रेललाई दाङसम्म जोड्न ।
  • रेल यातायातले दाङलाई ७ नं. प्रदेशको कैलाली–कञ्चनपुरसम्म जोड्न ।
  • दाङमा एक प्रादेशिक विश्वविद्यालय र एक बहुप्राविधिक विश्वविद्यालय स्थापना गर्न ।
  • दाङमा कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न ।
  • दाङमा कृत्रिम जलासयहरु निर्माण गरी हराभरा बनाउन ।
  • विद्युतीय ऊर्जा तथा वैकल्पिक ऊर्जाका माध्यामबाट उज्यालो दाङ बनाउन ।
  • मुक्त कमैया, सुकुम्बासी तथा भूमिहीनहरुको उचित व्यवस्थापन गर्न ।
  • व्यवस्थित बसोवास, शहरीकरण, औद्योगिक क्षेत्र स्थापना तथा कृषि उत्पादन वृद्धि गर्न ।
  • ५ वर्षभित्र दाङ मध्यम आयस्तरसहितको नेपालकै नमूना जिल्ला बनाउन ।
  • दाङ र ५ नं. प्रदेशमै बढी भन्दा बढी रकम विनियोजनका लागि पहल गर्न ।
  • सार्वजनिक स्थलहरुमा फ्री वाइफाइ सेवा उपलब्ध गराउन ।
  • पारदर्शिता, सुशासन, जवाफदेहिता, जिम्मेवारीबोध स्थापित गर्न ।
  • भूमिमाथिको द्वैत स्वामित्व अन्त्य गर्न ।
  • घाइते, अपाङ्गहरुलाई रोजगारी कार्यक्रममार्फत् आत्मनिर्भर बनाउन ।
  • कृषि पकेट क्षेत्र छुट्याई कृषिको व्यावसायिकरण गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *