एकाएक उत्सवमय बन्यो घोराही (फोटो फिचर)

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०७४       | 871 Views   ||

शब्द : अजयदीप शर्मा   तस्बिर : कुलदीप न्यौपाने

मंसिर १५ बिहानको ठीक सवा ११ बजे ! मान्छेहरु क्रमशः घोराहीको सहिद गेटमा जम्मा हुँदैं जान थाले । लगत्तै वाम गठबन्धनका नेता कृष्णबहादुर महरा र शंकर पोख्रेल हात हल्लाउँदै आइपुगे र समुहमा सहभागी भए ।

अनि शुरु भयो बाजागाजासहितको उत्सवमय जुलुस ।

जब चुनाव प्रचारमा हात हल्लाउँदै महरा र शंकरले भोट माग्दै अघि बढे, तब मान्छेहरु एक–एक गर्दै जुलुसमा थपिन थाले । एकैछिनमा सडक भरियो ।

कवि, कलाकार, पत्रकार, व्यवसायी, बुद्धिजीवीदेखि समाजका हरेक समुदायको प्रतिनिधित्व गर्दै मान्छेहरु जुलुसमा बदलिए र जुलुस झण्डामय भयो । मानौं– आजको उत्सवमय ¥याली कुनै सुखद भविष्यको उन्मुक्त दिवस थियो ।

उम्मेदवारहरु सडक किरानाका व्यवसायी, घरधनीहरुसँग भोट माग्दै हिड्दा गृहिणीदेखि बुढा आमाबाहरु स्वागत गर्न फूलमाला लिएर सडकसम्मै आए ।

ट्राफिक चोकसम्म पुग्दा जुलस बाक्लिदै गयो । युवाहरु बाजाको तालमा नाच्न थाले । पत्रकारहरु उम्मेदवारहरुका एक–एक दृश्यहरु क्यामेरामा कैद गर्न थाले भने कार्यकर्ता, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायीहरु घर–घर र पसल–पसलमा उम्मेदवारहरुका पर्चा, प्रतिबद्धताहरु पु¥याउँदै वाम उम्मेदवारहरुलाई भोट माग्न थाले ।

स्वतःस्फूर्त सडकमा आएको जनमानसले महरा र पोख्रेललाई जिताउने अभियान थाले र यी नेताहरुलाई जिताए मात्र दाङको समृद्धि र विकास बन्ने कुरा आपसमा गर्न थाले ।

आज घोराहीको मुख्य बजारमा भएको वाम गठबन्धनको घरदैलो कार्यक्रमले नेताहरुको विजयलाई संकेत मात्र गरेन, वामपन्थी शक्तिहरु एकै ठाउँमा आएको खुसीयाली, रोमाञ्चकता र ऊर्जा पनि प्रदर्शन ग¥यो ।

सबैको मन खुसी र उमङ्गको भावले उचालिएको देखिन्थ्यो भने धेरै पुराना र पाका कम्युनिष्ट इतिहासका धरोहरका आँखामा समृद्ध दाङका सपनाहरु स्पष्टरुपमा देख्न सकिन्थ्यो ।

उसो त उम्मेदवारको रुपमा घोराही बजारका मतदातामाझ उभिएका राष्ट्रिय व्यक्तित्वहरु महरा र पोखे्रलको अनुहार आफैमा खुसी र गौरवले मुस्कुराइरहेको थियो । खुसीसँगै जिम्मेवारीबोधको गम्भीरता र कतिपय बेला भावुकता देखिन्थ्यो उनीहरुको अनुहारमा ।

सहिद गेटबाट शुरु भएको घरदैलो तथा सडक शो कार्यक्रम ट्राफिक चोक, अस्पताल रोड, नयाँ बजार, दुरसञ्चार चोक, सैनिक व्यारेक रोड, लखन पार्क, दामोदर चोकबाट न्यूरोड हुँदै तुल्सीपुरचोकमा आएर समापन गरिएको थियो । घरदैलो र सडक शो कार्यक्रमको समापन भएको थियो ।

घरदैलोमा सहिदगेटदेखि नै उम्मेदवारहरुलाई अबिर र मालाले स्वागत गर्ने कार्य सबै टोलहरुमा निरन्तर चलिरह्यो । कतै टोल विकास संस्थाहरुले नै स्वागत गरे भने कतै घर–घरबाट स्वतस्फूर्त निस्किएका मतदाताहरुले अनुहारै रातै बनाएदिए उम्मेदवारहरुका ।

नयाँ बजारको उकालो लाग्दै गर्दा अलिकति फरक दृश्य देखियो– सडककै बीचमा उभिएका मुश्लिम समुदायका प्रतिनिधिहरुले उम्मेदवारलाई आफ्नो समुदायको परम्पराअनुसारकै टोपी लगाइदिए ।

दूरसञ्चार चोकमा घोराही १४ झिंगौराका थारु समुदायका कलाकार बहिनीहरुले थारु भेषभुषामा आधारित नाचसमेत देखाउन भ्याए भने जुलुसको शुरुदेखि अन्त्यसम्म दमाहासहितको झाँकी, चर्चित हाँस्य कलाकार कमल गाउँलेदेखि लोकदोहरी प्रतिष्ठानका कलाकारहरुको नाचले घरदैलो अभियान कुनै विजय उत्सवभन्दा फरक देखिएन ।

घरदैलो समापनको क्रममा तुल्सीपुर चोकमा उम्मेदवारहरु छम्की छम्की शुभचिन्तकहरुसँग नाच्न पनि भ्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *