वृद्ध दम्पत्तीले भने– शालीन र इमान्दार व्यक्तित्वका कारण महराले चुनाव जित्नुहुन्छ

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०७४       | 528 Views   ||

पाण्डव शर्मा

घोराही । चुनावी घरदैलोको क्रममा बिजौरी पुगेका दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरालाई ८० कटिसकेका वृद्ध दम्पत्तिले विजयको शुभकामना दिए ।

बिजौरी निवासी ८८ वर्षीय युवराज गौतम र उनकी पत्नीले महराको जीत भइसकेको भन्दै विजयको अबिर टीका लगाउन मात्र बाँकी रहेको बताएका थिए ।

आफ्नै दैलोमा आएका महरालाई गौतमले भने, ‘इमान्दार र शालीन व्यक्तित्वका कारण तपाई चुनाव जित्नुहुन्छ, अन्य प्रतिस्पर्धीहरुको पनि तपाई नेता हो ।’ महराको स्तरका नेताहरु दाङमा अन्य दलका प्रतिस्पर्धी नभएकाले भन्दै उनले विजय सुनिश्चित बताए ।

शान्ति प्रकृया र संविधान निर्माणमा महराको भूमिका विशेष अग्रणी रहेको गौतमको भनाई छ । उनले महरा शान्तिको दूत भएको समेत बताए ।

‘शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन महराले निकै उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ,’ गौतमले भने, ‘यदि महरा नभइदिएको भए नेपालमा यति चाँडै शान्ति प्रकृया टुंगो लाग्ने थिएन ।’

गौतमले प्रतिस्पर्धी दलका उम्मेदवारभन्दा २० हजारभन्दा बढी मतान्तरले महराले विजयी हासिल गर्ने उनले दावीसमेत गरे ।

उहाँकी धर्मपत्नी ८७ वर्षीया नमादेवी गौतमले महरालाई टीका तथा माला लगाएर विजयको शुभकामना दिएकी थिइन् । उनले विजय भएर दाङको समृद्धिमा लाग्न महरालाई आग्रह गरिन् ।

शालीन र भद्र स्वभावका महरा चुनावी रणनीतिमा निकै प्रभावशाली रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । अहिलेसम्म कुनै पनि निर्वाचनमा हार नव्यहोरेका महरा चुनावी कार्यशैलीमा पनि उत्तिकै खप्पीस रहेको एक नेताले बताए ।

निर्वाचन प्रचार अभियानको पहिलो चरणमा महरा निर्वाचन क्षेत्रका साना ठूला चुनावी सभाहरुमा सहभागी भए । चुनाव नजिकिदै गर्दा उनी घरदैलो अभियानमा सक्रिय छन् ।

घरदैलो अभियानमा उनी माओवादी र एमाले समर्थकहरुको घरमा मात्र नभएर कांग्रेस समर्थकहरुको घरमा समेत गइरहेका छन् । महरा दाङकै साझा नेताको रुपमा उम्मेदवारहरुको पनि अभिभावक भएर आएको जिल्लाबासीको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *