निर्वाचनको संघारमा इन्द्रजितको आक्रामक प्रचार

  
  प्रकाशित मितिः आइतवार, मंसिर १७, २०७४       | 147 Views   ||

एकै दिनमा आधा दर्जनबढी सभामा सम्बोधन

दाङ । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा बाम गठबन्धनले आफ्नो चुनावी प्रचार अभियानलाई तिव्र बनाएको छ ।

क्षेत्र नम्बर १(१) मा बाम गठबन्धनका उम्मेदवार इन्द्रजित थारुले आइतबार मात्र आधा दर्जन बढी सभालाई सम्बोधन गर्नुभएको छ ।

राप्ती गाउँपालिकाका विभिन्न स्थानमा प्रचार अभियानलाई तिव्र पारिएको हो । जसअनुसार आइतबार राप्ती गाउँपालिका ४ भानपुर, राप्ती गाउँपालिका ६ पत्थरगडवा, राप्ती ८ खौरास्थित सिसहनिया कृषि सहकारी, राप्ती ७ अननपुर (सुकुम्बासी टोल), राप्ती ६ मझेरी, राप्ती ८ पीपरी लगायतका स्थानमा बाम गठबन्धनका चुनावी कार्यक्रम सम्पन्न भएका छन् ।

सभालाई सम्बोधन गर्दै उम्मेदवार थारुले बामपन्थीहरुको जीतलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । निर्वाचनको संघारसम्म आइपुग्दा वामपन्थीका पक्षमा मतदाताको साथ देखिएको भन्दै उहाँले मंसिर २१ पछि दाङ बामपन्थीमय हुने निश्चित भएको बताउनुभयो ।

राप्ती ४ भानपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार थारुले ५ वर्ष मतदाताले भोट हालेकोमा गर्व महसुस गर्ने गरी देउखुरीको विकास गरिने बताउनुभयो । देउखुरी विकास र सम्भावनाले भरिएको क्षेत्र भएको भन्दै उहाँले यहाँको स्रोतसाधन परिचालन गरेर मुलुककै नमुना क्षेत्रका रुपमा देउखुरीको विकास गरिने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै राप्ती ८ खौरामा सिसहनिया कृषि सहकारीद्धारा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार थारुले सहकारीहरु समाजबादका आधारस्तम्भ भएको बताउदै मुलुकलाई समाजबादको यात्रामा उन्मुख गराउन सहकारीहरुलाई विशेष प्राथमिकतामा राखी विकास गरिने बताउनुभयो ।

पत्थरगडवामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार थारुले देउखुरी क्षेत्रमा देखिएको कटानको समस्या रोक्ने निर्वाचन जितेको दुई वर्ष भित्रमा राप्ती र आसपासका नदीमा तटबन्धनको व्यवस्था गरिने बताउनुभयो । कार्यक्रममा मतदाताहरुको व्यापक सहभागिता रहेको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *