देउखुरीमा कांग्रेसलाई कार्यकर्ता जोगाउन धौ, दुई दर्जन कार्यकर्ता माओवादीमा प्रवेश

  
  प्रकाशित मितिः आइतवार, मंसिर १७, २०७४       | 207 Views   ||

दाङ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन संघारमै आइपुग्दा दाङ क्षेत्र नम्बर १ अन्तर्गतको देउखुरी क्षेत्रमा कांग्रेसलाई नयाँ मतदाता त के आफ्ना कार्यकर्तालाई जोगाउन धौ बन्दै गएको छ ।

निर्वाचन प्रचार अभियानलाई तिव्र बनाएको बाम गठबन्धनप्रतिको लहरले काँग्रेस कार्यकर्ता दिनदिनै पार्टी छाडेर माओवादीमा प्रवेश गरिरहेका छन् । गठबन्धनद्वारा आयोजित प्रायः सभामा काँग्रेसलगायत अन्य पार्टीका नेता कार्यकता बामगठबन्धनलाई समर्थन जनाउँदै पार्टी प्रवेश गरिहेका छन् ।

यसै क्रममा शनिबार देउखुरीको बेला तथा राप्ती गाउँपालिकाका धेरैजसो काँग्रेस र अन्य पार्टीबाट गरी करिब दुई दर्जन नेता कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा राप्ती गाउँपालिका १ बगासोतीका काँग्रेस सक्रिय सदस्य रामबहादुर राना, सोमबहादुर राना, हिमबहादुर रानालगायत गरेका छन् ।

यस्तै राजपुर गाउँपलिका ३ बसन्तापुरबाट नेपाली काँग्रेस र अन्य दलबाट विभिन्न नेता कार्यकर्ता माओबादीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा काशीराम यादव, बाबुराम यादव, रामप्रसाद यादव, यज्ञप्रसाद यादव, रामसिंह यादव, प्रेमलाल यादव, तजभुल शाही, जुलफरीम शाही, अब्दुल करिब शाही, आशाराम ओली, राजकुमार यादव, श्रीमान मालिक र गरीलाल यादव रहेका छन् ।

पार्टी प्रवेश गर्नेहरुले मुलुकको विकासका लागि स्थायी सरकार अत्यावश्यक भएको र त्यो बाम गठबन्धनको जीतले मात्र सम्भव भएकाले आफुहरुले माओवादीमा प्रवेश गरेको बताएका थिए ।

नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर १ (१) मा बाम गठबन्धनका उम्मेदवार इन्द्रजित थारुले टिका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *