मतदातामा ‘अपार’ क्रेज

  
  प्रकाशित मितिः आइतवार, मंसिर १७, २०७४       | 186 Views   ||

दिपक बोहरा

तुलसीपुर–१५ ड्वाङपुरका कौसिला चौधरीले बाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’को नाम रेडियोमा सुनिन् । उनले पत्रपत्रिका र रेडियोमा अपार सरल, इमान्दार छन्, उनी कसैको बिरुद्धमा गलत कुरा गर्दै हिड्दैनन्, जति काम गर्न सक्छन्, त्यति बोल्छन्, भन्ने सुनेकी थिइन् ।

त्यसपछि चौधरीले भेटेर अपारको भाषण सुन्ने रहर गरेकी रहिछन् । अपारलाई चुनावी अभियानकै क्रममा त्यहाँ गए । उनी अपार आएको थाहा पाएर । कार्यक्रम स्थलमै गइन् र भाषण सुनिन् । अरु नेताभन्दा फरक शैली, आवश्यकताभन्दा बढी नबोल्ने, इमान्दार स्वभावका अपारप्रति उनी आकर्षित भइन् ।

त्यस्तै तुलसीपुर ९ बेलुवाका धनबिर केसीले अपारको भाषण पहिलो पटक सुन्ने अवसर पाए । उनले अरु उम्मेदवारको भाषण पहिले पनि सुनेका थिए । तर अपार र अन्य उम्मेदवारमा उनले निकै भिन्नता पाए ।

चुनावको बेला उम्मेदवार आफ्ना प्रतिद्वन्दीप्रति आरोप प्रत्यारोप गर्ने गर्छन् । तर अपारले आफ्ना एजेण्डा सरल रुपमा प्रस्तुत गरे ।

उनले भने, ‘राजनीतिक संस्कार अपारबाट सिक्नुपर्छ ।’ अहिलेका उम्मेदवारले अरुले गरेको कामलाई पनि आफुले गरेको भनी मतदातालाई झुक्याउने गरेका छन्’ उनले भने, ‘त्यसरी अब मतदाता झुक्किने छैनन् ।’

अहिले त्यागी, योग्य, सच्चा उम्मेदवारलाई विजय गराउने बताए । पटक–पटक विजय बनाए पनि बिकासको सिन्को नभाँच्ने र चुनाव नजिकिदै गर्दा जनताको आँखामा छारो हाल्ने प्रवृत्ति मतदाताले अन्त्य गर्ने उनले बताए ।

अहिले दाङमा अपारको क्रेज बढ्दै गएको छ । अपारको भाषण सुन्न पाउँदा मतदाताहरु उत्साहित भएका हुन्छन् ।

अपारले बामपन्थीको सरकार आए ५ बर्षमै कायापलट गर्ने प्रतिबद्धता जनाउने गरेका छन् । उनले हरेक क्षेत्रमा फरक फरक समस्या रहेको भन्दै कुन ठाउँमा बढी समस्या के छ, त्यसलाई पहिलो प्राथमिकता दिने बताउने गरेका छन् ।

स्थायी सरकार निर्माण भई ५ बर्षमा बामपन्थीले सरकार चलाउन पाए यहाँका अधिकांश समस्या सामाधान भइसक्ने उनले बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *