महराको उद्घोष– दाङ प्रादेशिक राजधानी, शंकर पोख्रेल मुख्यमन्त्री

  
  प्रकाशित मितिः आइतवार, मंसिर १७, २०७४       | 110 Views   ||

दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले वाम गठबन्धनको बहुमत मात्रै नभएर दुई तिहाइभन्दा बढी मत आउने दाबी गर्नुभएको छ ।

विशेष चुनावी पत्रकार साक्षात्कारमा बोल्दै नेता महराले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य पर्यवेक्षकहरुको आँकलन पनि बाहिर आएको छ । पहिलो चरणको निर्वाचनमा ३७ मा २७ भन्दा बढी बाम गठबन्धनले जित्ने आँकलन आएको छ, अब बाकस खोल्न बाँकी छ । दुई तिहाईभन्दा बढी नै आउँछ ।’

उहाँले बाम गठबन्धनले दुई तिहाई मत ल्याएर सरकार बनाए पनि कम्युनिष्ट शासनको अभ्यास नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ अहिले हल्ला फिंजाइएको जस्तो कम्युनिष्ट शासनको अभ्यास हुनेवाला छैन, हामी त अहिलेसम्म भएका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने गरी संविधान कार्यान्वयन र यसले निर्दिष्ट गरेका बाटाहरु पछ्याउँछौं । एकदलीय पनि होइन, अधिनायकवाद पनि होइन, यही संविधानको मर्म र भावनाअनुसार अघि बढ्छौं ।’

महराले संविधान जारी भएपछि अब देशको ध्यान समृद्धितिर भएकाले सोही उद्देश्य प्राप्तिका लागि आफूहरु केन्द्रित रहने जनाउनुभयो । ‘केही वर्षदेखि यता मेरो ध्यान पनि समृद्धिमा छ । यहाँका बाटोहरुका आन्तरिक व्यवस्थापन गर्न, पर्यटनको हव बनाउने, त्यतिमात्रै नभएर पश्चिम नेपालकै केन्द्र बनाउने र सबै किसिमका हब बनाउने, पाँचनम्वर प्रदेको राजधानी बन्छ । शंकर पोख्रेल मुख्यमन्त्री बन्नुहुन्छ । बाामपन्थीहरुले दुई तिहाई ल्याउँछ’, उहाँले भन्नुभयो ।

नेता महराले दाङलाई ५ नम्बर प्रदेशको राजधानी बनाउने बारे वाम गठबन्धनको आधिकारीक दृष्टिकोण नआए पनि गठबन्धनका नेताद्वय प्रचण्ड र केपी शर्मा ओलीले आफू र शंकर पोखरेलसँग दाङलाई नै राजधानी बनाउने वचन दिएको सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *