दाङमा मतगणना शुरु, महरा र शंकरको अग्रता

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर २२, २०७४       | 195 Views   ||

क्षेत्र नं. २ प्रतिनिधि सभाका प्रतिस्पर्धी माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र कांग्रेसका राजु खनाल

दाङ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत दाङको प्रारम्भिक मत परिणाम आउन थालेको छ । बिहान ९ बजेदेखि घोराहीस्थित पद्मोदय पब्लिक माविको भवनमा मतगणना शुरु भएको हो ।

२ हजार ९ सय ३६ मत गणना गरिसक्दा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले ५ सय ९ मतले अग्रता लिएका छन् ।

महराले १ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् भने भने उनका प्रतिष्पर्धी कांग्रेसका राजु खनालले १ हजार ७३ मत प्राप्त गरेका छन् ।
कुल १ लाख ८ हजार ८ सय ७० मतदाता रहेको क्षेत्र नं. २ मा ७३ हजार ७ सय ६७ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावल मतपत्र खन्याउँदै

त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं. २ (१) का वाम गठबन्धनका उम्मेदवार एमाले नेता शंकर पोख्रेलले ७ सय ३ मतले अग्रता लिएका छन् ।
उनले १ हजार ६ सय ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका कमलकिशोर घिमिरेले ९ सय ९३ मत प्राप्त गरेका छन् ।

कुल ५१ हजार ७ सय मतदाता रहेको प्रदेश सभा २ (१) मा ३५ हजार ५ सय ४२ मत खसेको थियो ।

त्यसैगरी क्षेत्र नं. २ (२) का वाम गठबन्धनका उम्मेदवार एमाले नेता अमरबहादुर डाँगीले ७ सय ५ मतले अग्रता लिएका छन् ।
उनले १ हजार ६ सय ९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका भरतबहादुर न्यौपानेले ९ सय ५८ मत प्राप्त गरेका छन् ।

कुल ५७ हजार १ सय ७० मतदाता रहेको यस क्षेत्रमा ३८ हजार २ सय २५ मत खसेको थियो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. १ र ३ को मतगणना केहीबेरअघि मात्रै शुरु भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *