माओवादीद्वारा रुकुम पूर्व क्लीन स्वीप

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर २२, २०७४       | 208 Views   ||

वायाँबाट क्रमशः कमला रोका, पूर्णबहादुर घर्ती र तेजबहादुर वली

रुकुम । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् ।

रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीले ४ हजार ४ सय ६ मत ल्याए । रोका प्रतिनिधि सभामा निर्वाचित हुने पहिलो महिला सदस्य हुन् ।

नयाँ शक्तिका उम्मेदवार जितमान पुन ‘मार्शल’ले १ हजार ४ सय ८९ मत ल्याएका छन् ।

प्रदेशसभामा पनि माओवादी नै विजयी

यसैगरी प्रदेशसभातर्फ पनि दुईवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश सभा १ मा माओवादी केन्द्रका तेजबहादुर ओली ‘प्रतिक’५ हजार ४ सय २७ मतसहित बिजयी हुँदा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १ सय ४४ मत पाए ।

त्यसैगरी, प्रदेशसभा २ मा माओवादी केन्द्रकै पूर्णबहादुर घर्ती (आयाम) ५ हजार ८ सय १६ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *