मतदान गर्नेमा पुरुषभन्दा महिला मतदाता धेरै

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर २२, २०७४       | 315 Views   ||

दाङ । बिहीबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दाङमा मतदान गर्नेमा पुरुषभन्दा महिला मतदाता अगाडि रहेका छन् ।

कुल खसेको मत २ लाख २९ हजार ४ सय ९८ मध्ये १ लाख २६ हजार ८ सय ७९ जना महिला मतदाताहरु रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार मतदान गर्ने पुरुष मतदाताहरु १ लाख २ हजार ६ सय १८ जना रहेका छन् भने १ जना तेस्रो लिंगी रहेका छन् ।

पुरुष मतदाताहरुभन्दा २४ हजार २ सय ६१ बढी महिला मतदाताहरुले यसपटकको निर्वाचनमा मतदान गरेका हुन् ।

प्रतिनिधि सभाका लागि ३ वटा र प्रदेश सभाका लागि ६ वटा निर्वाचन क्षेत्र रहेको दाङमा कुल मतदाता ३ लाख ३८ हजार ९ सय ५२ जना रहेका थिए । जसमा २ लाख २९ हजार ४ सय ९८ मत खसेको थियो । जुन कुल मतदाताको ६७.७१ प्रतिशत हुन जाने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ कुल मतदाता १ लाख ११ हजार ९६ रहेकोमा ७४ हजार ७ सय ९५ मत खसेको छ ।

त्यसैगरी सोही निर्वाचन क्षेत्रको प्रदेश सभा १ मा कुल मतदाता ५८ हजार ३ सय ९६ रहेकोमा ३८ हजार ६ सय ५३ मत खसेको छ भने क्षेत्र नं. १ को प्रदेश सभा २ मा कुल मतदाता ५२ हजार ७ सय रहेकोमा ३६ हजार १ सय ४२ मत खसेको छ ।

त्यसैगरी प्रतिनिधि सभातर्फ क्षेत्र नं. २ मा कुल मतदाता १ लाख ८ हजार ८ सय ७० रहेकोमा ७३ हजार ७ सय ६७ मत खसेको छ ।

त्यस्तै, क्षेत्र नं. २ को प्रदेश सभा १ मा कुल मतदाता ५१ हजार ७ सय रहेकोमा ३५ हजार ५ सय ४२ मत खसेको छ भने प्रदेश सभा २ मा कुल मतदाता ५७ हजार १ सय ७० रहेकोमा ३८ हजार २ सय २५ मत खसेको छ ।

 

त्यसैगरी प्रतिनिधि सभातर्फ क्षेत्र नं. ३ मा कुल मतदाता १ लाख १८ हजार ९ सय ८६ रहेकोमा ८० हजार ९ सय ३६ मत खसेको छ ।

त्यस्तै क्षेत्र नं. ३ को प्रदेश सभा १ मा कुल मतदाता ५३ हजार १ सय ८४ जना रहेकोमा ३६ हजार १ सय ३८ मत खसेको छ भने प्रदेश सभा २ मा कुल मतदाता ६५ हजार ८ सय २ जना रहेकोमा ४४ हजार ७ सय ९८ मत खसेको जिल्ला निर्वाचन कार्यालय, दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *