दाङ २ बाट भारी मत अन्तरले कृष्णबहादुर महरा विजयी

  
  प्रकाशित मितिः शनिबार, मंसिर २३, २०७४       | 545 Views   ||

दाङ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ निर्वाचन क्षेत्र नं. २ बाट भारी मत लिएर विजयी भएका छन् ।

प्रतिस्पर्धी कांग्रेसका राजु खनाललाई १४ हजार १ सय ४५ को मतान्तरले महरा विजयी भएका हुन् ।

महराले ४० हजार ४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेस नेता राजु खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

संक्षेपमा महराको चिनारी

बुवा : स्व. रविचन्द्र महरा
आमा : स्व. समुन्द्रदेवी महरा
जन्म मिति : २०१५ असार १५
जन्म स्थान : रोल्पा लिवाङ–७ धारापानी

शिक्षा : 

  • एसएलसी, श्री बालकल्याण उच्च मावि लिबाङ रोल्पा
  • प्रवीणता प्रमाण पत्र तह (विज्ञान), महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज (टियू)
  • स्नातह तह (शिक्षाशास्त्र), त्रिविवि नेपाल (पोखरा)

राजनीतिक यात्रा

  • २०३५–०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय ।
  • ०३६ सालदेखि ०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि
  • २०३७ मा तत्कालीन नेकपा चौमको पार्टी सदस्यता प्राप्त । सोही सालमै पार्टीको रोल्पा जिल्ला सदस्य
  • २०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू. आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखरा, स्व.वि.यु. कोषाध्यक्ष
  • २०४१ देखि ०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्री
  • २०३६ देखि ०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण ।
  • २०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी (डिसिएस)
  • २०४८ को निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
  • २०५० मा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता
  • २०५० क्षेत्रीय संगठन समिति, सदस्य राप्ती ने.क.पा. (एकता केन्द्र)
  • २०५१ पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा. (माओवादी)
  • २०५३ असार केन्द्रीय सदस्य, ने.क.पा. (माओवादी)
  • २०५५ पोलिटब्यूरो सदस्य, ने.क.पा. (माओवादी)
  • २०५८ तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक
  • २०६० तत्कालीन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता
  • २०६१ पार्टी प्रवक्ता ने.क.पा. (माओवादी)
  • २०६२ स्थायी समिति सदस्य ने.क.पा. (माओवादी)
  • २०६२ असोज सेक्रेटारियट सदस्य, केन्द्रीय समिति ने.क.पा. (माओवादी)
  • २०६३ तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेश्रो वार्ता टोलीको संयोजक
  • २०६३ पौषमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेता
  • २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री, सरकारको प्रवक्ता
  • २०६४ चैतमा सम्पन्न निर्वाचनबाट दाङ क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित
  • २०६५ भाद्र माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता
  • २०६५ पार्टी एकतापछि एकीकृत ने.क.पा. (माओवादी)को स्थायी समिति सदस्य
  • २०६६ अन्तर्राष्ट्रिय ब्युरोको ईन्चार्ज, एकीकृत ने.क.पा. (माओवादी)
  • २०६७ एकीकृत ने.क.पा. (माओवादी)का तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा गृहमन्त्री
  • २०६९ एकीकृत नेकपा (माओवादी) सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख
  • २०६९ अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागि राजनीतिक सहमति–पत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य
  • २०६९ एकीकृत नेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज
  • २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित ।
  • २०७१ एकीकृत नेकपा (माओवादी)को महासचिव निर्वाचित
  • २०७३ उपप्रधानमन्त्री तथा अर्थमन्त्री
  • २०७४ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री
  • २०७३ देखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्य ।
  • २०७४ प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *