नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रचण्डले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले पराजित गरेका छन् ।
वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २ सय ७६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९ सय ३५ मत पाएका छन् ।