जीतपछि प्रचण्ड परिवार भावुक

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       | 1436 Views   ||

चितवन ३ बाट विजय भएलगत्तै प्रचण्ड परिवारका निकै भावुक तस्बिर सार्वजनिक भएका छन् । जन्मदिनकै अघिल्लो दिन चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्डको मुहार भने निकै उज्यालो देखिएको छ ।

उनीसँगै तस्बिरमा परिवारका सदस्यहरु निकै भावुक देखिन्छन् । प्रचण्डका घण्टा घण्टाका खबर र तस्बिरहरु फेसबुकमा पोष्टिने प्रकाश दाहालको निधनपछि पहिलोपटक सार्वजनिक गरिएको पूरै परिवारको तस्बिरमा परिवारका सदस्यहरुले प्रकाशलाई ‘मिस’ गरिरहेको प्रष्टै झल्किन्छ ।

निरन्तर अग्रता हासिल गर्दै आएका प्रचण्डले अन्तिम परिणाम भने आफ्नो जन्मदिनकै अघिल्लो दिन आज बिहान भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी छोरी रेणुको निवासमा रहँदा सुनेका थिए ।

त्यसपछि परिवारका सदस्यहरुले बधाईं दिँदै फूलमाला र अविर लगाइदिएका थिए ।

पुत्रवियोगका कारण अझै विह्वल रहेकी सीता दाहालले पनि प्रचण्डको विजयपछि खुसी साँटेकी छन् । तस्वीरमा उनी पहिले भन्दा हर्षित मुद्रामा देखिन्छिन् ।

विजयपछि भरतपुर महानगरकी मेयरसमेत रहेकी छोरी रेणु र कान्छी छोरी गंगा दाहाल केही भावुक देखिए ।

तस्वीरमा गंगा निकै भावुक देखिन्छिन् ।

प्रचण्डकी कान्छी छोरी गंगाका पति मोरङ–६ ‘क’ मा प्रदेश सभाको उम्मेदवार थिए । तर पराजित भएपछि उनी आइतबार बेलुकी चितवन आइपुगेका हुन् । प्रचण्डलाई परिवारका सदस्यहरुले बधाई दिएपछि सामुहिक तस्वीर खिचाएका छन् ।

पारिवारिक सदस्यहरुको तस्वीरमा पनि कोही प्रसन्न मुद्रामा देखिन्छन्, कोही भावुक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *