प्रलेस दाङले मनायो रजत महोत्सव

  
  प्रकाशित मितिः बिहिबार, पुस ६, २०७४       | 262 Views   ||

दाङ । प्रगतिशील लेखक संघ दाङले रजत महोत्सव मनाएको छ । घोराहीमा विशेष समारोहको आयोजना गरी संघले स्थापनाको २५ औं स्थापना दिवसमा रजत महोत्सव मनाएको हो ।

रजत महोत्सवको अवसरमा दाङ शाखाले ४ जना स्रष्टालाई पुरस्कार प्रदान गर्नुका साथै एक जना स्रष्टालाई सम्मान गरेको छ । जसअनुसार यस वर्षको प्रगतिशील साहित्य पुरस्कार संघका केन्द्रीय सदस्यसमेत रहनुभएका कवि यज्ञबहादुर डाँगीलाई प्रदान गरेको छ । कवि डाँगीलाई १० हजार रुपैयाँ राशीको प्रलेस पुरस्कार प्रदान गरेको हो । त्यस्तै, प्रलेस दाङमा रामप्रसाद जैशी र नारदमणि पोख्रेलले स्थापना गरेको चिन्तामणि जमुना स्मृति साहित्य पुरस्कार प्रलेसका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मालाई प्रदान गरेको छ । सो पुरस्कारको राशी पनि १० हजार रहेको छ ।

त्यस्तै पद्मप्रसाद शर्मा र शान्तादेवी अधिकारीले स्थापना गर्नुभएको अनन्त–टीका प्रतिभा पुरस्कार साहित्यकार प्रमोद धिताललाई प्रदान गरेको छ, जसको राशी ५ हजार रहेको छ भने गोविन्द चिस सर्जक पुरस्कार गीतकार प्रकाश केसीलाई प्रदान गरिएको छ । जसको राशी दुई हजार पाँच सय रुपैयाँ रहेको छ ।

यस्तै राप्ती क्षेत्रकै साहित्यिक संस्थाको संस्थागत विकास र संरक्षण गर्दै आएका राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाललाई प्रलेस सम्मान दिइएको छ । संघका सल्लाहकारसमेत रहेका खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संघका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाज परिवर्तनलाई साथ दिदै आएको प्रलेसले २५ बसन्तमा प्रबेश गर्नु सुखद विषय भएको बताए ।

कार्यक्रममा पुरस्कृत तथा सम्मानित स्रष्टाहरुको बारेमा पूर्वअध्यक्ष केशव थापा, उपाध्यक्ष डिल्ली मल्ल र सल्लाहकार टीकाराम उदासीले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव खगेश्वर भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *