पछाडी फर्किन नसक्ने गरी पुल भत्काएर अघि बढेका छौंः प्रचण्ड

  
  प्रकाशित मितिः आइतवार, पुस ९, २०७४       | 137 Views   ||

चितवन,
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २ पार्टी एकतामा पछि फर्कन नपर्ने गरी पुल नै भत्काएर आफूहरु एकता प्रकृयामा हाम्फालेको बताउनु भएको छ ।

एमाले र माओवादी केन्द्र सम्बद्ध बुद्धिजीवी संगठनले भरतपुरमा आज विहान राखेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, पुल भत्काइएन भने पछि फर्कन पनि सकिन्छ, त्यसैले पुल नै भत्काएर हामी अघि बढेका हौं’ ‘नेतृत्व लेवलमा पार्टी एकताबाट पछि हट्ने कुरा कसैले गरेको छैन। अब छिट्टै एकता हुन्छ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र आफू एकता प्रक्रियामा हाम्फालेको अध्यक्ष प्रचण्डले सोही कार्यक्रममा बोल्दा बताउनु भयो । यसैगरी अध्यक्ष प्रचण्डले राष्ट्रिय सभामा कांग्रेसको समेत प्रतिनिधित्व हुने गरी अध्यादेश सम्बन्धी विवादको समाधान हुने जानकारी पनि गराउनु भयो ।

पार्टी एकताका सन्दर्भमा केही जटिलता रहेको भएपनि त्यसका बारेमा आफूहरुले सोचिसकेको भन्दै प्रचण्डले एकतामा पछि हट्ने विकल्प आफूसँग नरहेको वताउनु भयो हामीसँग एकतामा अघि जाने मात्र बिकल्प छन, त्यसैले आत्तिनुपर्ने स्थिति छैन उहशाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *