दाङ । घोराहीमा केन्द्रीय कार्यालय स्थापना गरी सूचना र प्रविधिको विकासका क्षेत्रमा काम गरिरहेको क्रियटिभ टेक्नो सोलुसन्सले तेस्रो बार्षिकोत्सव मनाएको छ ।
दाङमा केन्द्रीय कार्यालय स्थापना गरी टेक्नो सोलुसन्सले विभिन्न सफ्टवेयर निर्माण तथा अन्य सूचना प्रविधिका विषयमा काम गर्दै आएको अमर अधिकारीले जानकारी दिनुभयो । क्रियटिभ टेक्नो सोलुसन्सले पाठशाला, हाम्रो लेखा, हाम्रो हाजिरी, होटल मेजेनमेन्ट तथा विभिन्न वेबसाइट निर्माण गर्दै आएको अधिकारीले बताउनुभयो ।
त्यसैगरी फेसबुक लाइक बढाउने, डिजिटल मार्केटिङ लगायतका काम गर्दै आएको क्रियटिभ टेक्नो सोलुसन्सले एक सय बढीलाई रोजगारी दिएको जनाएको छ ।
२०७१ सालमा स्थापना भएको टेक्नो सोलुसन्सले तीन बर्ष पुगेको अवसरमा आफ्ना सबै सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।