क्यान महासंघको केन्द्रीय सदस्यमा गिरी

  
  प्रकाशित मितिः मङ्लबार, पुस ११, २०७४       | 186 Views   ||

वायाँबाट क्रमशः क्यान महासंघका केन्द्रीय सदस्य भुपेन्द्रसिंह वली, रेशम गिरी र प्रदेश सचिव कृष्णबहादुर वली

दाङ । कम्प्यूटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को केन्द्रीय सदस्यमा दाङका रेशम गिरी पुनः निर्वाचित भएका छन् ।

महासंघको गत साता काठमाडौंमा सम्पन्न २४ औं महाधिवेशनबाट गिरी पुनः केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

अधिवेशनले हेमन्तकुमार चौरासियाको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दाङकै कृष्णबहादुर ओली प्रदेश नं ५ को सचिव पदमा निर्वाचित भएका छन् ।

रुकुमका दलबहादुर खड्का र सल्यानका भूपेन्द्र सिंह वली पनि केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

गिरीले यसअघि एक कार्यकाल केन्द्रीय सदस्य र महासंघ दाङ शाखा अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । राप्ती इञ्जिनियरिङ कलेज दाङको प्रिन्सिपलसमेत रहेका गिरी लामो समयदेखि सूचना, प्रविधिका क्षेत्रमा काम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *