अमेरिकालाई किमको चेतावनीः न्युक्लियर बटन मेरो डेस्कमै छ

  
  प्रकाशित मितिः सोमवार, पुस १७, २०७४       | 146 Views   ||

किमले भनेः हामी शान्तिप्रिय र जिम्मेवार आणविक शक्तिसम्पन्न राष्ट्र हौँ

उत्तर कोरियाका नेता किम जोङ उनले आणविक बटन सधैँ आफ्नो डेस्कमा हुने गरेको भन्दै ‘अमेरिकाले कहिल्यै पनि युद्ध सुरु गर्न नसक्ने’ बताएका छन् ।

टेलिभिजनमार्फत् नयाँ वर्षको अवसरमा भाषण दिँदै उनले पूरै अमेरिका उत्तर कोरियाको आणविक हतियारको पहुँच क्षेत्रभित्र रहेको बताए। उनले भने,‘ यो धम्की होइन वास्तविकता हो।’

तर उनले आफू दक्षिण कोरियासँग वार्ता गर्न खुल्ला रहेको बताए। उनले सियोलमा हुने शरदकालीन ओलम्पिकमा उत्तर कोरियाबाट टोली पठाउने पनि बताए ।

त्यसैगरी किमले आफ्नो राष्ट्र ‘शान्ति चाहने जिम्मेवार आणविक राष्ट्र’ भएको घोषणा पनि गरे । उनले आणविक हतियार प्रयोग गर्ने चाहना आफूहरुको नभएको पनि बताए ।

उनको चेतावनीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया जनाएका छन् । ‘हामी हेर्ने छौँ, हामी हेर्ने छौँ,’ नयाँ वर्षको पूर्वसन्ध्यामा फ्लोरिडामा उनले भने ।

आणविक हतियार कार्यक्रम र लगातारको मिसाइल परीक्षणका कारण उत्तर कोरियामाथि नाकाबन्दी बढिरहेको छ ।

राजनीतिक रुपमा एक्लिएको उत्तर कोरियाले ६ वटा भूमिगत आणविक परीक्षण गरिसकेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *