दीपशिखा माविले मनाउँदैछ रजत महोत्सव

  
  प्रकाशित मितिः बुधबार, पुस १९, २०७४       | 211 Views   ||

जिल्लास्तरीय कविता र म्याराथुन प्रतियोगिता गरिने

घोराही । दीपशिखा आवासीय माध्यमिक विद्यालयले रजत महोत्सव विविध कार्यक्रम गरी मनाउने जनाएको छ । विद्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी दीपशिखाले पुस २४ देखि माघ १० गतेसम्म विभिन्न कार्यक्रमसहित रजत महोत्सव मनाउन लागेको जनाएको हो ।

रजत महोत्सवका क्रममा जिल्ला स्तरीय खुल्ला कविता प्रतियोगिता र म्याराथुन प्रतियोगिता आयोजना गरिएको सञ्चालक समितिका अध्यक्ष विकास गौतमले जानकारी दिनुभयो ।

कविता प्रतियोगिता र म्याराथुनमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउने गौतमले जानकारी दिनुभयो । कविता प्रतियोगिताका लागि राप्ती साहित्य परिषद्सँग समन्वय गरिएको विद्यालयका संस्थापक सदस्य तथा राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस २५ गते हुने कविता प्रतियोगिताका लागि पुस २२ गतेभित्र कविता बुझाइसक्नुपर्ने छ । कविता पठाउन deepshikha.dang@gmail.com मा इमेल गर्न वा विद्यालय र राप्ती साहित्य परिषद्को कार्यालयमा बुझाउन सकिने र साथमा विद्यालयको सिफारिस पनि समावेश गनुपर्ने खनालले बताउनुभयो ।

त्यस्तै महोत्सवको अवसरमा विद्यालयले पुस २४ गते विद्यालय परिषर सरसफाइ, २५ गते खेलकुद नृत्य र खुल्ला कविता प्रतियोगिता, २६, २७ र २८ गते खेलकुद, साँस्कृतिक कार्यक्रम र ट्राफिक सचेतना, २९ गते म्याराथुन दौड रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

त्यस्तै, पुस ३० र माघ ३ गते खेलकुद र नृत्य, माघ ४ गते राम्रो शिक्षक छनौट कार्यक्रम, ५ गते लागूऔषध दुव्र्यसनी रोकथाम तथा सचेतना कार्यक्रम र ६ गते बृद्धाश्रमलाई सहयोग गर्ने कार्यक्रम राखिएको विद्यालयका सञ्चालक समितिका अध्यक्ष विकास गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो ।

त्यस्तै माघ ७ गते रक्तदान, ८ गते सरस्वती पुजा, ९ गते पुरस्कार वितरण र १० गते रजत महोत्सव समारोह आयोजना गरिएको गौतमले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा विद्यालयका प्रबन्ध निर्देशक राम थापा र सञ्चालक समिति सदस्य माधवप्रसाद शर्माले रजत महोत्सवलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *