निर्वाचनका लागि दाङमा झण्डै ७ करोड खर्च

  
  प्रकाशित मितिः बुधबार, पुस १९, २०७४       | 185 Views   ||

जनक नेपाली

दाङ । प्रतिनिधि र प्रदेश सभाका सदस्य निर्वाचनका लागि दाङमा ६ करोड ९६ लाख ८८ हजार ६ सय ८ रुपैयाँ खर्च भएको छ । निर्वाचनका लागि कर्मचारी परिचालन, मतदान केन्द्र, मतगणना स्थल, सुरक्षा व्यवस्थापन, निर्वाचनका लागि आबश्यक पर्ने सामग्री खरिद, दैनिक बैठक छलफलका लगाएतका विभिन्न शिर्षकमा उक्त रकम खर्च भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगबाट प्राप्त ८ करोड २१ लाख ९७ हजार १ सय मध्यबाट उक्त रकम खर्च भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनु भएको छ । रावतलका अनुसार कुल प्राप्त रकम मध्य १ करोड ५० लाख ६८ हजार ३ सय २ रुपैयाँ फ्रिज भएको जनाइएको छ ।

कार्यालयका अनुसार क्षेत्र नं. १ मा प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि २ करोड ६८ लाख ५६ हजार ४ सय रुपैयाँ रकम प्राप्त भएको थियो त्यस मध्य २ करोड ३९ लाख ६६ हजार २४ रुपैयाँ खर्च भएको कार्यलयको प्रतिवेदनमा उल्लेख गरिएको छ । क्षेत्र नं. १ बाट प्रतिनिधी र प्रदेशसभा सदस्यका लागि प्राप्त रकम मध्य २८ लाख ९० हजार ३ सय ७६ रुपैयाँ फ्रिज भएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो ।

क्षेत्र नं. २ मा २ करोड ९६ लाख १ हजार ३सय रुपैयाँ प्राप्त भएकोमा निर्वाचनका लागि २ करोड ७० लाख ४६ हजार ३ सय २ रुपैयाँ खर्च भएको छ भने ६२ लाख ५६ हजार ६ सय ६८ रुपैयाँ क्षेत्र नं. २ बाट फ्रिज भएको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै क्षेत्र नं. ३ मा २ करोड ८३ लाख ७९ हजार ४ सय रुपैयाँ प्राप्त भएकोमा निर्वाचनका लागि २ करोड १७ लाख ४१ हजार २ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । क्षेत्र नं. ३ बाट कुल रकम मध्य ३३ लाख ६१हजार ९ सय ८८ रुपैयाँ फ्रिज भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

रावलका अनुसार निर्वाचन खर्चका हिसावले अत्याधिक भएको वताउनुभयो । विकासका सबै पुर्वधार लाई रोकेर देशको ढुकुटी निर्वाचनका लागि खर्च गर्नु परेको वताउँदै त्यसले देश विकासमा ठुलो असर पु¥र्याएको वताउनु भएको थियो ।

दाङमा निर्वाचन शान्तिपूर्ण भएको निष्कर्ष

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन दाङमा शान्ति पूर्ण रुपमा सम्पन्न भएको निष्कर्ष निकालेका छन् । नागरिक समाज, राजनीतिक दल, पत्रकार ,निर्वाचन कार्यालय, जिल्ला प्रशासन, प्रहरीले जिल्लामा शान्ति पूर्ण रुपमा निर्वाचन भएको बताएका हुन् ।

नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी र मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले मुख्य निर्वाचन अधिकृतको वोर्ड हटाउँदै विधिबत रुपमा निर्बाचन कार्यालयको अन्त्य गरेको घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सम्पूर्ण मतदाताका कारण निर्वाचन निर्वाचन सफल भएको मा सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । भय र त्रासका बीचबाट निर्वाचन सम्पन्न भएको बताउँदै त्यसका लागि सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । जिल्लाका सम्पूर्ण राजनितिक दलहरुले पूर्ण रुपमा कानुनको आचारसंहिताको पूर्ण पालनका गरेका कारण निर्वाचन सफल भएको उहाँको भनाई थियो ।

नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले मुलुकले अव राजनीतिक स्थायित्व प्राप्त गर्ने भन्दै देश विकासका लागि सबै एक ठाउँमा आउनुपर्ने उल्लेख गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानरपालिकाका मेयर नरुलाल चौधरी, पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सुदीप गौतम, एमालेका सुरामणि बेलवासे, माओवादी केन्द्रका निर्मल आचार्य, कांग्रेसका शंकर डाँगीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रम मुख्य निर्वाचन अधिकृत हेमन्त रावललको अध्यक्षता एवं नागरिक समाज दाङका अध्यक्ष टिकाराम रेग्मीको प्रमुख आतथ्यतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *