जनपक्षीय गीत संगीत गाउँदै स्थापित गायिकाको पहिचान बनाएकी निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट भएकी छन् ।
मलेसियामा हुन गइरहेको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा उनी सेलो महिला गायनतर्फ छनोट भएकी हुन् ।
सेलो गायनको महिलातर्फ उनलाई जिताउन एसएमएस भोटिङ गर्नुपर्ने निर्मलाले बताइन् । जनवरी २९ अर्थात् माघ १५ गते मलेसियामा हुने म्यूजिक अवार्डमा भोट दिएर आफूलाई जिताउन निर्मलाले फेसबुकमार्फत् अनुरोध गरेकी छिन् ।
उनलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर कोड 11D टाइप गरी एनटीसी र एनसेल दुबैबाट ३५००५ मा म्यासेज पठाउन सकिनेछ ।
म्युजिक अवार्डको लागि उनको सेलो गीत ‘होई च्याङ्बा ओई च्याङ्बा’ बोलको गीत छनौटमा परेको छ ।
हेर्नुस् गीत–
OYE CHAYANGBA By Nirmala Ghising
गायिका निर्मला घिसिङको नयाँ सेलो गीत होइ च्याङ्बा, ओई च्याङ्बा ! निर्मला यही गीतबाट मलेसियामा हुन लागेको हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड अन्तर्गत सेलो महिला गायनतर्फ छनौट भएकी छन् ।____ उनलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा 11D टाइप गरी 35005 मा पठाउनुपर्नेछ ।
Posted by Janaubhar.com on Saturday, 6 January 2018
स्कुल जाने उमेरमै जनवादी गीत गाउँदै जनयुद्धमा पूर्णकालीन भएकी निर्मलाले थुप्रै जनवादी गीतमा आफ्नो स्वर दिएकी छिन् । पछिल्लो समयमा जनपक्षीय गीतहरुका साथै आधुनिक तथा सेलो गीतहरु गाउँदै आएकी उनी नयाँ पुस्ताकी लोकप्रिय गायिकाका रुपमा स्थापित भएकी छिन् ।
शुरुमा सेन–च्याङ साँस्कृतिक परिवारमा रहेर काम गरेकी उनी पछि सामना परिवार केन्द्रीय टोलीमा रहेर दर्जनौं जनवादी गीतहरुमा स्वर दिइसकेकी छिन् । त्यस्तै, देशका सयौं साँस्कृतिक कार्यक्रम, कन्सर्टहरुमा सहभागी हुनुका साथै युद्धकाल र शान्तिप्रक्रियापछि पनि थुप्रै साँस्कृतिक अभियानहरुमा उनी सहभागी भइसकेकी छिन् ।