फुटबल संघ दाङमा नयाँ नेतृत्व

  
  प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       | 161 Views   ||

लक्ष्मण बस्नेत

तुलसीपुर । दाङ जिल्ला फुटबल संघको चौथो अधिवेशनले सुशील श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले चार वर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा भानुविक्रम राणा, उपाध्यक्षमा ईन्द्रबहादुर पुन र उपाध्यक्ष बुद्धिराम पुन, महासचिव नरेन्द्र पुन र कोषाध्यक्ष सन्देश श्रेष्ठ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मण बस्नेत, सुरज वली, अनिलकुमार बस्नेत, चन्द्रविर वली, गोपाल श्रेष्ठ, बसन्त पुरी, भिमबहादुर चौधरी, प्रकाश श्रेष्ठ र महिला सदस्यमा भावना कुमारी राजभण्डारी रहनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुुुुख आतिथ्यमा भएको कार्यक्रममा दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंह र अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य प्रदेश सिंह राठोरको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि श्रेष्ठले दाङ खेलकूदको उर्वरभूमि भएको भन्दै राष्ट्रको शान र गौरवलाई उँचो राख्ने गरी खेलाडी उत्पादन गर्न संघलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *