दाङ । घोराहीको लालीगुराँस आवासीय माध्यमिक विद्यालयले धार्मिक तथा पर्यटकीय स्थल बाह्रकुने मन्दिर परिसर सरसफाइ गरेर विद्यालयको वार्षिकोत्सवको शुभराम्भ गरेको छ ।
माघे संक्रान्तिको अवसरमा माघ १ गते लागेको बाह्रकुने मेलामा भएको फोहरमैला सरसफाइ गरेर विद्यालयले वार्षिकोत्सव शुभारम्भ गरेको हो ।
माघे सक्रान्तिको अवसरमा मेला भर्नेहरुले बाह्रकुने मन्दिर परिसरमा गरेको फोहरमैला सरसफाइ गरेर विद्यालयले आफ्नो १३ औं वार्षिकोत्सवको शुभराम्भ गरेको विद्यालयका प्रिन्सिपल केशरमान बुढाथोकीले जानकारी दिए ।
विद्यालयले एक सातासम्म विविध खाले सिर्जनशील कार्यक्रमको आयोजना गरी १३ औं वार्षिकोत्सव मनाउन लागेको बुढाथोकीले बताए ।