प्रदेश राजधानी आन्दोलन : दाङ नभए ५ नं. प्रदेशको विकल्प खोज्ने बर्दियाको चेतावनी

  
  प्रकाशित मितिः बिहिबार, माघ ४, २०७४       | 306 Views   ||

बर्दिया । बर्दियाका राजनीतिक दल र प्रदेश सांसदहरुले दाङ प्रदेश राजधानी नभए प्रदेशको विकल्प खोज्ने बाध्य हुने चेतावनी दिएका छन् ।

आज संयुक्त विज्ञप्ती जारी गर्दै राजनीतिक दलका प्रमुख तथा प्रदेश सांसदहरुले प्रदेशको कुनामा राखिएको राजधानी आफूहरुलाई स्वीकार्य नहुने भन्दै विकल्प खोज्ने बताएका हुन् ।

नेकपा एमाले जिल्ला सचिव शालिकराम अधिकारी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष भुवनकुमार थारु, प्रदेशसभा सदस्यहरु तिलक शर्मा, कविराम थारु, कुलप्रसाद पोख्रेल र दिपेश थारुले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् ।

‘५ नम्बर प्रदेशको उपयुक्त स्थान दाङमा प्रदेश केन्द्र स्थापनाका लागि जोडदार माग गर्दै आन्दोलनका लागि बर्दियावासी आम जनसमुदायलाई तयार रहन र आन्दोलनमा जुट्न हार्दिक आव्हान गर्दछौं’– विज्ञप्तिमा भनिएको छ– ‘जनभावनाविपरीत गरिएको अस्थायी केन्द्र तोक्ने निर्णय तुरुन्त नच्याइए ५ नम्बर प्रदेशको विकल्प खोज्नसमेत हामी बर्दियावासी बाध्य हुनेछौं ।’

प्रदेशको अस्थायी राजधानी १२ वटै जिल्लालाई पायक पर्ने ठाउँमा नतोकी पूर्वी कुनामा रहेको रुपन्देहीलाई तोक्नु कुनै पनि हालतमा न्यायसंगत र स्वीकार्य हुन नसक्ने भन्दै दल तथा सांसदहरुले संघीयतालाई कमजोर पार्ने र अस्थिरता ल्याउने दुरासयपूर्ण भावनाबाट प्रेरित रहेर प्रदेशको केन्द तोकिएको आरोप लगाएका छन् ।

पुनःसंरचना आयोगको सिफारिस, विज्ञहरुको सुझाव र भौगोलिक समदूरीका हिसाबले प्रदेश मुकाम तोक्न नसक्नु सरकारको असक्षमता भएको उनीहरुको आरोप छ ।

हेर्नुस् विज्ञप्तीको पूर्ण पाठ–

Leave a Reply

Your email address will not be published. Required fields are marked *