दाङको आम हड्ताल स्थगित, आन्दोलनको स्वरुप परिवर्तन

  
  प्रकाशित मितिः शनिबार, माघ ६, २०७४       | 161 Views   ||

दाङ । प्रदेश राजधानीको माग गर्दै दाङमा पाँच दिनदेखि जारी आमहड्ताल स्थगित भएको छ ।

सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेपछि दाङमा आमहड्ताल गरिएको थियो ।

दलहरुले नेतृत्व गरेको संयुक्त संघर्ष समितिको शनिबार साँझ बसेको बैठकले आम हड्ताल स्थगित गर्ने निर्णय गरेको छ । आसन्न राष्ट्रियसभा निर्वाचनलाई समेत ध्यानमा राख्दै केही समयका लागि आम हड्ताल स्थगित गरिएको समितिले बताएको छ ।

बैठकले आन्दोलनको स्वरुप परिर्वतन गर्दै घर तथा चोकहरुमा कालो झण्डा राख्ने, कोणसभा, प्रदर्शन, डेलिगेशन, रिले अनसन बस्ने तथा कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।

साथै पर्याप्त आधार हुँदा हुँदै राजधानी नतोकेको भन्दै अदालत जाने निर्णय पनि भएको छ । सरकारी अध्ययन टोलीको सिफारिस बेगर अस्थायी मुकाम तोकेकाले कानुनी उपचार खोज्ने संघर्ष समितिले बताएको छ ।

हेर्नुस् वक्तव्यको पूर्ण पाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *