अतिक्रमण रोक्न सिमामा पर्खाल लगाउन विद्यार्थी नेताको माग

  
  प्रकाशित मितिः आइतवार, माघ ७, २०७४       | 169 Views   ||

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका वडा नं १ छकपैयामा नेपाल भारतको सीमा सर्वेक्षण गर्ने क्रममा नेपालको ५० विघा भूमि अतिक्रमण हुने गरि पिलर सारिएको कार्यको बिरूद्धमा अखिल (क्रान्तिकारी)ले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष तिलकराज भण्डारीले यसरी पटक–पटक पिलर सार्दै जाने भारतीय विस्तारवादका विरूद्ब खवरदारी गर्ने र नेपाल–भारत सीमामा पर्खाल लगाउने अभियान पनि संचालन गर्नुपर्ने बताएका छन् ।

अखिल (क्रान्तिकारी) जिल्ला समिति काभ्रेको बैठकमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने क्रममा उपाध्यक्ष भण्डारीले तत्काल अखिल (क्रान्तिकारी) को केन्द्रीय टोली नेपाली भूमि मिचिएको स्थान पर्सा जाने र स्थलगत अध्ययनपछि थप सडक संघर्षमा उत्रिने बताएका छन् ।

राष्ट्रिय स्वाधीनता स्थापित नभएसम्म समाजवाद निर्माण गर्न नसकिने बताउँदै भण्डारीले राष्ट्रियताको आन्दोलनमा अखिल (क्रान्तिकारी) सधै अग्रमोर्चामा रहेको समेत बताए ।

बैठकमा अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव पवन कार्कीले ३ नं प्रदेशको संगठनात्मक योजनाबारे प्रशिक्षण दिएका थिए ।

बैठकले २०७४ फाल्गुन १ गते २० औं जिल्ला सम्मेलन सम्पन्न गर्ने गरी संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय सदस्य सुन्दर खड्का जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *