सल्यान भान्टाखोलामा बस दुर्घटना तीनको मृत्यु, ३० घाइते

  
  प्रकाशित मितिः सोमवार, माघ ८, २०७४       | 238 Views   ||

रुकुमबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबाहक बस सल्यानको त्रिवेणी ६ भान्टाखोलामा दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीस जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बागचौर नगरपालिका १० सल्यान निवासी छन्चरी विक, मुसीकोट रुकुमकी पुष्पा खड्का केसी र रुकुम पेउघा निवासी खिमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका गौरव रावल (रुकुम), विमला रावल (रुकुम), धनसरा खड्का (दाङ), दिपशिखा वली (रुकुम), बिन्दु वली (रुकुम), केशर केसी (रुकुम), आर्यन केसी (रुकुम), आरुषी केसी (रुकुम), विवेक हमाल (रुकुम), मदनकुमार वली (रुकुम), डिल्लीराज लामिछाने (सल्यान) र सीता कसेरा (सल्यान)लाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका १८ जनाको श्रीनगरस्थित अधिकारी मेडिकल, कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना उपचारपछि घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *