काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि आफ्ना १३ जना उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । एक जनाको टुङ्गाउन बाँकी रहेको जनाइएको छ । हिजो बसेको माओवादी केन्द्रको बैठकले अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठलाई उम्मेदवारको टुंगो लगाउने जिम्मा दिएको थियो ।
यसपटक माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल पनि प्रदेश नं. ३ बाट राष्ट्रिय सभा लागि उम्मेदवार बन्ने भएका छन् ।
बादललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने यसअघि नै चर्चा चलिरहेको थियो । अहिले उनलाई पनि राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइएको हो ।
त्यस्तै माओवादीका तत्कालीन प्रवक्ता दीनानाथ शर्मा पनि राष्ट्रियसभा लागि प्रदेश नं. ४ बाट उम्मेदवार बनेका छन् । प्रदेश नं. २ बाट एकजनाको नाम भने टुंगो लगाउन बाँकी छ ।
यी हुन् माओवादीका १३ उम्मेदवारहरु
प्रदेश नं. १
(१) बीना पोखरेल (महिला)
प्रदेश नं. २
(२) शशिकला दाहाल (महिला)
(३) टुङ्गाे लगाउन बाँकी
प्रदेश नं. ३
(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)
प्रदेश नं. ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)
प्रदेश नं. ५
(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं. ६
(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं. ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)