तपाईंको फोन ह्याक भयो कि ? यस्तो संकेत आए सचेत हुनुहोस्

  
  प्रकाशित मितिः बुधबार, माघ १०, २०७४       | 257 Views   ||

तपाइँको गोजीमा रहेको मोबाइल फोनमा तपाइँसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निजी तथा गोप्य जानकारीहरु हुन सक्छन् । यस्तोमा आफ्नो मोबाइल सुरक्षित होस् र यसमा भएका डाटाहरु ह्याकरको हातमा नपुगून् भन्ने चाहना सबैको हुन्छ ।

तर कहिलेकाहीँ तपाइँले थाहा नपाइकनै तपाइँकोे मोबाइल ह्याकरको पञ्जामा पुगिसकेको हुनसक्छ । यी सात प्रकारका संकेतहरु आफ्नो मोबाइलमा पाउनुभयो भने सचेत हुनुहोस् कि तपाइँको मोबाइल कसैले ह्याक गर्दैछ ।

१. फोन स्पीड : यदि तपाइँको फोनको स्पीड सामान्य भन्दा पनि निकै कम भयो र फोन ह्यांग भइरह्यो भने बुझ्नुहोस् कि यसमा कुनै भाइरस वा मालवेयर छिरेको हुनसक्छ ।

म्यालिसियल प्रोग्राम अर्थात् यस्तो सफ्टवेयर प्रोग्राम जसले फोनको पर्फमेन्स तथा प्रयोगकर्ताको डाटामै नोक्सान पु¥याउन सक्दछ । यस्ता भाइरसले तपाइँको मोबाइल फोनको स्पीड तथा पर्फमेन्समा सिधारुपमा प्रभाव पार्दछन् । तर यो पनि ध्यान दिनुपर्दछ कि नियमित रुपमा फोनको अपरेटिङ सिस्टम अपेडेट नगर्दासमेत यस्तो भएको हुनसक्छ ।

स्मरण रहोस्, एप्पलले आफ्ना पुराना भर्सनका आइफोनमा आफैले स्पीड कम गरेको हालै स्विकार गरेको थियो ।

२. फोन तात्नु : कहिलेकाहीँ आफ्नो फोन चलाउने बेलामा सधैभन्दा धेरै नै तातेको महसूस गर्नुभएको छ ? अमेरिकी इन्टेल कम्प्नीका विज्ञ भन्छन्, ‘फोनको ब्याकग्राउण्डमा कुनै मालवेयर प्रोग्राम चलिरहेको कारणले पनि यस्तो हुनसक्छ ।’

अर्थात् तपाइँको फोनमा ह्याकरले भाइरसद्वारा आक्रमण गरेको अवस्थामा फोन बढि तात्दछ । कहिलेकाहीँ विभिन्न एपहरुलाई सही ढंगले बन्द नगर्दा पनि एपहरु चालू भएर फोन तातिरहेको हुनसक्छ ।

३. ब्याट्री लाइफ : फोन लगातार तातो हुँदा त्यसको असर ब्याट्रीमा पर्दछ । सोही कारण ब्याट्री आफ्नो आयूभन्दा कम समयमै ड्यामेज हुन्छ ।

तर अर्को महत्वपूर्ण कारण हो, सिस्टम अपडेट । मोबाइल जोन वेबसाइटका अनुसार यदि अपडेट नयाँ तथा प्रभावशाली छ भने सिस्टम अपडेट गरिहाल्नु पर्दछ । यसो गर्दा ब्याट्री ड्यामेज हुनबाट बचाउँदछ । ब्याट्री लाइफ अस्वभाविक रुपमा गिरावट भएको छ भनेपनि सतर्क हुनुहोस् कि तपाइँको मोबाइल ह्याकरको हमलामा परेको हुनसक्छ ।

४. अज्ञात मेसेजः कहिलेकाहीँ तपाइँको आफ्नो फोन ह्याक भएको जानकारी तपाइँले भन्दा पहिले तपाइँका साथीहरुले पाउँछन् । कहिलेकाहीँ तपाइँको मोबाइलमा कुनै अन्जान नम्ब्रबाट मेसेज आउँछन् र त्यस्ता मेसेज आफै हराउँछन् पनि ।

यस्तो स्थितिमा तपाइँको साथी तथा परिवारका मानिसलाई एसएमएस तथा ह्वाट्एपबाट यस्तो सन्देश प्राप्त हुन्छ । जब कि त्यस्तो मेसेज तपाइँले पठाएको हुँदैन । यस्तो अवस्थामा तपाइँले आफ्नो इनबक्समा प्राप्त भएका त्यस्ता स्पाम मेसेज सबै डिलिट गर्नुपर्दछ ।

कहिलेकाहीँ इमेलको माध्यमबाट पनि ह्याकरहरुले त्यसरी जालमा फसाउने गर्दछन् । त्यसैले फोनमा आउने शंकास्पद इमेलको लिंक नखोल्नुहोस् ।

५. कुनै विन्डो आफै खुल्नु : कतिपय भाइरस यस्ता पनि हुन्छन् कि जो अचानक तपाइँको फोनमा खुल्दछन् । कहिलेकाहीँ विज्ञापनको रुपमा त कहिलेकाहीँ नयाँ विन्डो वा ट्याबमा । कम्प्युटरको भाषामा यसलाई पप अप्स भनिन्छ ।

साइबर सेक्योरिटी विज्ञान जोसेफ स्टिनबर्ग भन्छन्, ‘जसरी कम्प्युटरमा इन्टरनेटको माध्यमबाट नयाँ ट्याब खुल्दछ, ठीक त्यसैगरी फोनमा पनि ट्याब खुल्दछ । यस्ताबाट सावधान रहेर टाढै रहनु आवश्यक हुन्छ ।’

६. नयाँ एप : तपाई आफ्नो फोनमा कहाँबाट एप डाउनलोड गर्नुहुन्छ ? र यो कस्तो एप हो ? भन्ने कुराले ठूलो अर्थ राख्दछ । कहिलेकाहीँ तपाइँको इन्टरनेट डाटा यसकारण छिटो सकिन्छ कि एपहरुले धेरै डाटा खपत गरिरहेको हुन्छ ।

स्टिनबर्गका अनुसार फोनलाई अपडेटेड राख्नु जरुरी हुन्छ । त्यस्तै एप बनाउने कम्पनी तथा सर्भिस प्रोभाइडरहरु पनि विश्वासयोग्य हुनुपर्दछ । अर्थात् नक्कली तथा भाइरसयुक्त एपहरु मोबाइल डाउनलोड नहुन् भन्नका लागि सचेतना अपनाउनुपर्दछ ।

७. ब्याकग्राउण्डको आवाज : इन्टरनेटमा केही काम गर्दै गर्दा कहिलेकाहीँ अनौठो आवाज निस्किरहेको हुनसक्छ । वेबपेजमा अनावश्यक तथा असामान्य चिज देखिन थाल्दछ । यसो हुनुमा कहिलेकाहीँ तपाइँको फोन ह्याकरको हमलामा परिरहेको संकेत पनि हुनसक्छ ।

फोन गरिरहेको बेलामा फोनको ब्याकग्राउण्डमा बिप साउण्ड लगातार आइरहेको छ भने सावधान हुनुहोस् तपाइँको फोनकल कसैले रेकर्ड गरिरहेको छ ।

बच्नका लागि के गर्ने ? :

  • विश्वासिलो कम्पनीको एन्टी भाइरस फोनमा इन्स्टल गर्ने ।
  • अनावश्यक एपहरु इन्स्टल नगर्ने, तथा इन्स्टल गरिसकेका त्यस्ता एप डिलिट गर्ने ।
  • सित्तैको वाइफाइको चक्करमा जहाँतहीँ आफ्नो फोनमा वाइफाइ नचलाउने ।
  • फोनमा बलियो पासवर्ड राख्ने ।
  • पप अप्समा भुलेर पनि क्लिक नगर्ने ।
  • फोन सदैव अपडेट गरिरहने ।
  • इन्टरनेट डाटा कति खपत भैरहेको छ, निगरानी राखिरहने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *