चर्चा नै सेलाएको बखरिया पेट्रोल खानी उत्खनन्

  
  प्रकाशित मितिः बुधबार, माघ १०, २०७४       | 187 Views   ||

जनक नेपाली

दाङ । कुनै समय उत्खननको निकै चर्चा पाएको बखरिया पेट्रोल खानी बिस्तारै सेलाउँदै गएको छ । भारतले नेपालमा गरेको नाकाबन्दीका क्रममा उत्खनन्को चर्चा पाएको तुलसीपुर उपमहानगरपालिका १३ स्थित बखरियाको पेट्रोल खानीका चर्चासमेत हुन छाडेको स्थानीयबासी बताउँछन् । २०२८ सालमा पत्ता लागेको पेट्रोल खानी हाल उत्खननका लागि कसैले चासो नदिएको हरिभक्त भण्डारीले बताउनुभयो ।

२०२८ सालमा राष्ट्रिय भू–गर्भ विभागले बरिखयामा पेट्रोल खानी रहेको प्रमाणित गरेको भण्डारीले जानकारी दिनुभयो । टोलीले तुलसीपुर बजारदेखि झन्डै १२ किमिको दक्षिणस्थित बबई किनारमा उक्त पेट्रोल खानी पत्ता लगाएको थियो । उत्खनन्को क्रममा पेट्रोलमा पाइने तत्व फेला बताउँदै खानीबाट निस्केको पानीले जमिन र हरियो घाँसमा खन्याउँदा घाँस डढ्ने गथ्र्यो भण्डारीले भन्नुभयो ।भू–गर्भ विभागका टोलीले तत्कालीन सयममा पेट्रोल खानीको उत्खनन कार्य सुरु गर्ने भने पनि हालसम्म कुनै प्रकृया अगाडि नबढेको उहाँको भण्डारीले जानकारी दिनुभयो ।

गाउँमा खानी भएको प्रमाणित भएपछि स्थानीयहरुको सक्रियतामा अत्याधुनिक भवनहरु निर्माण गरी मेसिन जडानसमेत गरिएको बताउनु भयो । उत्खनन्को काम अगाडि बढाउने तयारीसमेत रोकिएको भण्डारीले जानकारी दिनुभयो । पेट्रोल खानी उत्खनन गर्दा भारतबाट आउने पेट्रोलियम पदार्थमा कमी हुने भएपछि भारतकै दबाबमा खानी उत्खनन बन्द भएको अर्का स्थानीय बासिन्दा भुपाल बस्नेतले बताउनुभयो ।

३० दशकदेखि उत्खननको काम अलपत्र परेको भन्दै रोकिन पुगेको पेट्रोल खानीको पुनः उत्खनन् गर्न माग गर्नुभएको छ । उक्त खानी उत्खनन गर्दा विशेष भूमिका निर्वाह गरेका भण्डारीले तत्कालीन समयमा खानीबाट पेट्रोलको ग्यास निस्किएको जानकारी दिए ।

२०२८ सालमा बस्नेत खानी उत्खन्नको काम गर्न बसेका गोदाम प्रमुखसमेत हुनुहुन्छ । पेट्रोल खानीका लागि प्राविधिक टोलीसँगै काम गर्दै आएका उत्खनन् मेसिनका प्रमुख श्यामकृष्ण खड्काले त्यतिबेला नै पेट्रोल उत्खननको काम सुरु हुनेमा आफूहरु ढुक्क भएकोे बताउनुभयो । तर एकाएक काम रोकिएपछि आफुहरु पनि चकित परेको उहाँको भनाई छ ।

पेट्रोल खानीहरुबाट पेट्रोल उत्खनन् गर्ने हो भने दाङलाई समृद्ध बनाउन अन्य कुनै विकल्प नै खोज्नु नपर्ने बताउँदै उत्खननमा कसैले चासो नदिएको उहाँले बताउनुभयो ।

दाङको विकासको लागि खानी उत्खननले भूमिका खेल्ने बताउँदै त्यसका लागि पहल गर्न स्थानीयबासीले राजनीतिक दल, सरकारसँग मागसमेत गरेका छन् । भारतीय नाकाबन्दीको क्रममा उत्खनन्का लागि केही चासो देखाए पनि त्यसतर्फ कसैले ध्यान नदिएको सर्वसाधारणले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *