अखिल क्रान्तिकारी दाङको संयोजकमा जंग रोका

  
  प्रकाशित मितिः शनिबार, माघ १३, २०७४       | 194 Views   ||

अखिल क्रान्तिकारी दाङको जिल्ला सम्मेलन आयोजक समिति संयोजकमा जंग रोका चयन हुनुभएको छ ।घोराहीमा सम्पन्न जिल्ला समितिको बैठकबाट उहाँ संयोजकमा चयन हुनुभएको हो । समितिको सहसंयोजकमा सुवास बस्नेत चयन हुनुभएको छ ।

बैठकले चैत २३ र २४ गते घोराहीमा २२ औं जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसका लाग १ सय ७१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको संगठनका प्रचार विभाग प्रमुख गिरबहादुर महराले जानकारी दिनुभयो ।

जिल्ला इञ्चार्ज सन्तोष पोख्रेलको अध्यक्षता एवं केन्द्रीय सचिव तथा पाँच नम्बर प्रदेश संयोजक नारायण खनालको प्रमुख र माओवादी केन्द्र दाङका सहइञ्चार्ज एवं विद्यार्थी फ्याक्सन इञ्चार्ज हेमराज शर्मा ‘डायमण्ड’को बिशिष्ठ आतिथ्यमा भएको बैठकमा केन्द्रीय सदस्यहरु गोपाल घर्ती र दुर्गा बिकको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *