सल्यान-काठमाडौं जनसम्पर्क मञ्चको अध्यक्षमा नवीन

  
  प्रकाशित मितिः शनिबार, माघ १३, २०७४       | 241 Views   ||

नेकपा (माओवादी केन्द्र) निकट सल्यान-काठमाडौँ संघीय जनसम्पर्क मञ्चको अध्यक्षमा नवीन बुढाथोकी निर्वाचित भएका छन् ।

मञ्चको पाँचौं भेलाले बुढाथोकीको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र कंवर, उपाध्यक्षहरूमा कमल डाँगी, सुस्मा चन्द, सदिक्षा घर्ती मगर र गोबिन्द थापा, सचिवमा सरगम भण्डारी, सह-सचिवमा सेवक शर्मा र प्रेम नेपाली साथै कोषाध्यक्षमा जनक कुमार यरी रहेका छन् ।

साथै भेलाले २१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

मञ्चका निवर्तमान अध्यक्ष कुलबहादुर वलीले मञ्च र मातृ पार्टीको नीति विपरित कार्य गरेको भन्दै अध्यक्ष पदबाट हटाएर मोतिलाल रेउलेलाई भेला अायोजक समिति संयोजक तोकिएको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टेकबहादुर बस्नेत, माअोवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कंवर ‘विवेक’, पार्टीका पोलिटब्युरो सदस्य, अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तिलकराज भण्डारी, जनसम्पर्क मञ्चका संस्थापक अध्यक्ष मनोहर लामिछानेलगायत मञ्चका पूर्वअध्यक्षहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *