अखिल (क्रान्तिकारी)को दाङ जिल्ला सम्मेलन चैत्रमा

  
  प्रकाशित मितिः आइतवार, माघ १४, २०७४       | 282 Views   ||

दाङ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन आगामी चैतमा हुने भएको छ ।

क्रान्तिकारीको आइतबार घोराहीमा बसेको सचिवालय बैठकले आगामी चैत २३ र २४ गते २२ औं जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

संयोजक जंग रोकाको अध्यक्षता तथा केन्द्रीय सदस्य गोपाल घर्तीको प्रमुख आतिथ्यमा बसेको बैठकले संगठन विस्तार तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सम्मेलनलाई भव्य रुपमाम सम्पन्न गर्न एक महिने संगठन विस्तार तथा जागरण अभियान शुरु गर्न लागेको संयोजक जंग रोकाले जानकारी दिनुभयो ।

अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुकै नेतृत्वमा जिल्लामा तीन वटा टोली बनाइएको रोकाले बताउनुभयो । रोकाका अनुसार क्षेत्र नं. १ मा केन्द्रीय सदस्य सन्तोष पोख्रेलको नेतृत्वमा कल्याण अधिकारीलगायतको टोली रहनेछ भने क्षेत्र नं. २ मा केन्द्रीय सदस्य गोपाल घर्तीको नेतृत्वमा संयोजक जंग रोका रहेको टोली र क्षेत्र नं. ३ मा केन्द्रीय सदस्य दुर्गा विकको नेतृत्वमा सह–संयोजक सुवास बस्नेतको कमाण्डमा टोली परिचालन गर्ने निर्णय गरिएको रोकाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *