घोराहीमा ‘एक वडा, एक स्वास्थ्य केन्द्र’

  
  प्रकाशित मितिः बुधबार, माघ १७, २०७४       | 158 Views   ||

दाङ । घोराही उपमहानगरपालिकाभित्रका नगरवासीहरुले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् । नगरवासीहरुलाई स्वास्थ्य सेवामा सहज पु¥याउने उद्देश्यले प्रथम नगर सभाबाट पारित ‘एक वडा, एक स्वास्थय केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो ।

उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्रका सञ्चालन गर्दै स्थानीयहरुलाई आफ्नै वडामा स्वास्थ्य सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने योजनासहित अगाडि बढेको छ । सोही अनुरुप स्थापना हुन बाँकी रहेका ठाउँहरुमा नयाँ स्वास्थ्य केन्द्र स्थपना गर्ने भएको छ ।

जसअुनसार वडा नम्बर १ मा काँडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं. १७ मा हरिद्धार नगर स्वास्थ्य केन्द्र, वड नं. ६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं. ३ तीनमा झिंगनी नगर स्वास्थ्य केन्द्र, वडा नं. १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने घोराही उपमहानगरपालिकाले जानकारी दिएको छ ।

त्यस्तै नगर स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण गर्न छ वटा नगर स्वास्थ केन्द्रको लागि ६० लाख बजेट विनियोजन गरेको छ । जस अनुसार वडा नं. १८ स्थित हात्तीखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्धार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र, आन्द«ाभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगर स्वास्थ्य केन्द्रका लागि ११ लाख छुट्टाएको छ भने घोरदौरा नगर स्वास्थ केन्द्रका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी प्रथम नगरसभाबाटै पारित वडा नं १ मा हर्नाेक बाह्य खोपकेन्द्र, वडा नं. १९ मा पाँचपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरा बाह्य खोपकेन्द्र रहने भएको छ । घोराही उपमहानगरपाकिाले यिनै खोप केन्द्र निर्माणका लागि प्रत्येक खोप केन्द्रमा तीन लाख बजेट छुट्याएको छ ।

त्यस्तै वडा नं ७ मा रहेको सौडियार स्वास्थ्य चौकी, वडा नं ५ स्थित धर्ना स्वास्थ्य चौकी, वडा नं १० नारायणपुर स्वास्थ्य चौकी, वडा नं २ रामपुर स्वास्थ्य चौकी, र हापुर स्वास्थ्य चौकी मर्मतका लागि प्रति स्वास्थ्य चौकी एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वडामा स्थापना गरिएको स्वास्थ्य केन्द्रमार्फत् वडाबासीहरुले आधारभूत स्वाथ्य सेवाहरु पाउने घोराही उपमहानगरपालिका स्वास्थ्य संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार नगर स्वास्थ्य केन्द्रहरुमार्फत् अब वडास्तरमै औषधी र आधारभूत उपचार पाउने सकिनेछ । वडामा सञ्चालन गरिएका नगर स्वास्थ्य केन्द्रहरुमा एक पारामेडिस, नर्सिङ र कार्यलय सहयोगी रहने संयोजक घर्ति बताउँनुहुन्छ ।

रामपुरमा सहरी स्वास्थ्य प्रबन्धन केन्द्र

घोराही उपमहानगरपालिकाले रामपुरस्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सहरी स्वास्थ्य प्रबन्धन केन्द्रका रुपमा विकास गर्ने निर्णय गरेको छ ।

घोराही उपमहानगरपालिका–२ रामपुरमा स्थित उक्त स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी प्रबन्धन केन्द्रका रुपमा सञ्चालन गरिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । प्रबन्धनमा केन्द्र भएसँगै अब एमबीबीएस डाक्टरबाट उपचार सेवा प्रवाह गरिने भएको छ । प्रबन्धन केन्द्रमै ल्याब र औषधीसहितको व्यवस्था हुनेछ ।

उहाँका अनुसार आगामी वर्षहरुमा नगर स्वास्थ्य केन्द्रहरुको पनि स्तरवृद्धि गर्दै सहरी स्वास्थ्य प्रबन्धन केन्द्रका रुपमा सञ्चालन गर्ने घोराही उपमहानगरपालिकाको योजना रहेको चौधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *