दुधरासमा महायज्ञ, नारायणपुरमा मेला

  
  प्रकाशित मितिः बुधबार, माघ १७, २०७४       | 128 Views   ||

जनक नेपाली

महायज्ञको तयारी पूरा

दाङ । प्राविधिक शिक्षा सञ्चालनका लागि दुधरासमा सञ्चालन हुन लागेको महायज्ञको सम्पुर्ण तयारी पूरा भएको छ । मावि दुधरासको आयोजनामा यही माघ १८ देखि २४ गते सम्म महायज्ञ सञ्चालन हुन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबराज बिकले जानकारी दिनुभयो ।

कक्षा १२ सम्म पढाइ सञ्चालन गर्दै आएका मावि दुधरासले डिप्लोमा तहको सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने योजनाका साथ महायज्ञको आयोजना गर्न थालिएको मूल समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज बिको भनाई छ ।

भाैितक संरचनाहरुको सुधार गर्दै प्राविधिक सँगै गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्ने योजनाका साथ आयोजित महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको संयोजक विकले जानकारी दिनुभयो ।

महायज्ञ सञ्चालनका लागि आवश्यक मण्डप, मञ्च व्यवस्थापन, स्टेज निर्माण, सचिवालय लगायतका कार्यकक्ष निर्माणको काम पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।

यसैबीच महायज्ञको प्रचार प्रसारका लागि मंगलबार मोटर साइकल ¥याली गरिएको छ । महायज्ञ स्थलबाट सुरु भएको मोटरसाइकल ¥याली दुधरास, हेमन्तापुर, बिजौरी, तुलसीपुर, टरिगाउँ, मानपुर, कोट्टेडाँडा, भेलाइ, कोठरी, खैरा, नारायणपुर हुँदै पुनः दुधरासमा पुगेर समापन गरिएको थियो ।

नारायणपुरमा व्यापार मेला जारी

कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दिगो अर्थतन्त्रका लागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४ जारी रहेको छ ।

नारायणपुर उद्योग वाणिज्य संघको आयोजना जारी महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको प्रदर्शनी गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र दाहालले जानकारी दिनुभयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, यस क्षेत्रका पर्यटकीय स्थलहरुको चिनारी, जातीय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, विभिन्न कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिविर तथा धार्मिक प्रवचन एवं झुला, मौतका कुवा, बाल उद्यानका सम्पूर्ण सामग्री रहेका छन् ।

करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने महोत्सवको लक्ष्य राखिएको छ ।

महोत्सवका मंगलबार कलाकारहरु ज्योती मगर, सन्दीप न्यौपाने, यादव योगी, रुपा घर्ती मगर, शरद समीप, टोपेन्द्र विष्ट, गोमा रिजाल, मनोज गोपाल लगायतको प्रस्तुति रहेको आयोजक नारायणपुर उद्योण वाणिज्य संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *