महोत्सवको लागि स्टल बुकिङ खुला

  
  प्रकाशित मितिः बुधबार, माघ १७, २०७४       | 169 Views   ||

फाइल फोटो

जनक नेपाली

दाङ । दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि मेला २०७४ का लागि स्टल बुकिङ खुला गरेको छ ।

यही फागनुु ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवको लागि स्टल बुकिङ खुला गरेको स्टल व्यवस्थापन उपसमितिका संयोजक टंक प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँले महोत्सवको लागि ७ देखि २५ हजारसम्मको स्टलको व्यवस्थापन गरेको जानकारी दिनुभयो । व्यापारिक डिलरका लागि १८ हजार, कृषि साना तथा लघु उद्यमका लागि ७ हजार अटोमोबाइल्सका लागि २५ हजार, रेष्टुरेण्टका लागि २५ हजार, विमा बैंक वित्तीय संस्था २५ हजार, सहकारी संघ संस्था १० हजार डेरी बेकरी १२ हजार, फेन्सी जनरल १८ हजार सूचनामूलक स्टल १० हजार र मदिरा प्रदर्शनका लागि मात्र १८ हजार बराबरको स्टलहरु तयारी अबस्थामा रहेको पोखरेलले जानकारी दिनुभयो ।

महोत्सबमा स्थानीय स्तरमा उत्पादित वस्तुहरुको प्रदर्शनीका लागी विशेष ध्यान दिने उहाँले बताउनु भयो । महोत्सबमा २ सय ३० वटा स्टल रहने मुल आयोजक समितिका संयोजक एवं दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *